आईतवार, आश्विन ११,२०८३ 07:06:27
Bizshala
  • आईतवार, आश्विन ११,२०८३ 07:06:27
Bizshala
Global IME Bank Limited

सेती नदीमा पानीको सतह बढेपछि रामघाट क्षेत्रमा सतर्कता

Bizshala
सेती नदीमा पानीको सतह बढेपछि रामघाट क्षेत्रमा सतर्कता
New Office

काठमाण्डौ । अविरल वर्षाका कारण पोखराको मध्यभाग भएर बग्ने सेती नदीमा पानीको बहाव बढेपछि रामघाट क्षेत्रमा सतर्कता अपनाइएको छ। नदीको बहाव बढेर रामघाटमा पानी जमेर ताल बनेपछि नदी किनारमा रहेका बस्ती तथा शवदाह गृहहरू जोखिममा परेका छन्।

पानीको सतह बढ्दै गएपछि पोखरा महानगरपालिका–९ र ११ अन्तर्गत नदी किनारमा रहेका सुकुमवासी बस्ती, रामघाट, शान्तिघाट तथा बौद्ध गुम्बाका शवदाह गृहहरू जलमग्न भएका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने प्रहरीले निरन्तर निगरानी गरिरहेको छ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीले रामघाट आसपासको क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बरालले विगतमा पनि सेती नदीमा पानीको उच्च बहाव हुँदा रामघाटमा यसैगरी पानी जमेर ताल बन्ने गरेको स्थानीयको भनाइ रहेको बताए। उनका अनुसार हाल तत्कालै आत्तिनुपर्ने अवस्था नरहे पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले पूर्वसावधानी अपनाएको छ।

यसैबीच, अविरल वर्षाका कारण कास्कीका केही ग्रामीण सडकसमेत अवरुद्ध भएका छन्। अन्नपूर्ण गाउँपालिका–८, स्याउली बजारमा मोदी खोलाले सडक कटान गर्दा नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक अवरुद्ध भएको छ।

गाउँपालिका प्रवक्ता भरतमान गुरुङका अनुसार शुक्रबार साँझ मोदी खोलाले स्याउली बजार क्षेत्रमा करिब १० मिटर सडक कटान गरेको हो। सडक अवरुद्ध भएपछि पर्यटकीय क्षेत्र घान्द्रुकको पोखरासँगको सडक सम्पर्क विच्छेद भएको छ।

वर्षा जारी रहेकाले नदी आसपासका बस्ती तथा जोखिमयुक्त सडक क्षेत्रमा थप क्षति हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.