सोमबार, आश्विन १२,२०८३ 02:02:15
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 02:02:15
Bizshala
Global IME Bank Limited

विद्युत् महसुलमा लगाइएको भ्याट तत्काल फिर्ता लिन महासंघको माग

उत्पादन लागत र सञ्चालन खर्च बढेको दाबी, उपभोक्तासम्म भार पुग्न सक्ने चेतावनी

Bizshala
विद्युत् महसुलमा लगाइएको भ्याट तत्काल फिर्ता लिन महासंघको माग
New Office

 

 

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले चालु आर्थिक वर्षदेखि विद्युत् महसुलमा लागू गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

विद्युत् औद्योगिक उत्पादन, व्यापार तथा पर्यटन क्षेत्रका लागि आधारभूत पूर्वाधार भएकाले यसमा थप कर लगाउँदा उत्पादन लागत, सञ्चालन खर्च, नगद प्रवाह तथा समग्र व्यावसायिक प्रतिस्पर्धात्मकतामा प्रत्यक्ष असर परेको महासंघको भनाइ छ ।

महासंघका अनुसार विद्युत् महसुलमा भ्याट थपिएपछि विशेषगरी उच्च ऊर्जा खपत गर्ने उद्योग, भ्याट छुटको कारोबार गर्ने व्यवसाय, साना तथा मझौला उद्यम र होटल तथा पर्यटन क्षेत्रको लागत बढेको भन्दै व्यवसायीबाट गुनासो आएको छ ।

कानुनअनुसार इनपुट ट्याक्स क्रेडिटको व्यवस्था भए पनि कर समायोजन तथा फिर्ताको प्रक्रिया र व्यवसायको प्रकृतिका कारण सबै व्यवसायले विद्युत्मा तिरेको भ्याट तत्काल वा पूर्ण रूपमा समायोजन गर्न नसक्ने अवस्था रहेको महासंघले जनाएको छ ।

यसले व्यवसायको सञ्चालन पूँजीमा दबाब सिर्जना गर्नुका साथै नयाँ लगानी, उद्योग विस्तार तथा रोजगारी सिर्जनामा समेत असर पुर्‍याउन सक्ने महासंघको दाबी छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

विद्युत् लागत बढ्दा यसको भार अन्ततः वस्तु तथा सेवाको मूल्यमा जोडिएर उपभोक्तासम्म पुग्न सक्ने र समग्र मूल्यवृद्धिमा थप दबाब पर्न सक्ने महासंघले जनाएको छ ।

महासंघले विद्युत्को आन्तरिक खपत बढाउने, आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवर्द्धनमार्फत औद्योगिकीकरणलाई गति दिनुपर्ने समयमा ऊर्जा लागत बढाउने नीतिले निजी क्षेत्रको लगानी तथा उत्पादन विस्तारमा चुनौती थपेको उल्लेख गरेको छ ।

यससँगै उद्योग तथा व्यवसायलाई नियमित, गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न पनि महासंघले आग्रह गरेको छ । भोल्टेजमा हुने उतारचढाव, अचानक विद्युत् अवरोध तथा अन्य प्राविधिक समस्याका कारण उत्पादन र मेसिनरीमा हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्था मिलाउनुपर्ने महासंघको माग छ ।

महासंघले विद्युत् महसुलमा भ्याट लगाउने व्यवस्था पुनरावलोकन गरी निजी क्षेत्रसँग व्यापक परामर्श गर्न तथा कर समायोजन र फिर्ता प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाउन सरकारसँग आग्रह गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.