काठमाण्डौ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले हकप्रद सेयर निष्कासनका लागि विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजीका आधारमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव यसअघि नै अघि बढाइएको थियो। सोही क्रममा विद्युत् नियमन आयोगमा पूर्वस्वीकृतिका लागि निवेदन दिइएकोमा आयोगले हकप्रद शेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ।
कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब २२ करोड २५ लाख ८७ हजार ६ सय रुपैयाँको १ः९०.२५१४ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृती पाएको हो । कम्पनीका अनुसार आयोगले असार गते पत्रमार्फत हकप्रद सेयर निष्कासनका लागि पूर्वस्वीकृति प्रदान गरेको हो। आयोगबाट प्राप्त स्वीकृतिपछि कम्पनीले हकप्रद निष्कासनसम्बन्धी थप प्रक्रिया अघि बढाउने भएको छ।
राप्ती हाइड्रोले यसअघि सम्पन्न वार्षिक साधारणसभाबाट हकप्रद सेयर निष्कासनसम्बन्धी प्रस्ताव अघि बढाएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।