काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडका ग्राहकले बुटवल–८, सुखानगरस्थित जेनस हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा उपलब्ध स्वास्थ्य सेवामा २० प्रतिशत छुट पाउने भएका छन्।
पोखरा फाइनान्स र अस्पतालबीच भएको सम्झौताअनुसार फाइनान्सका खातावालाले जेनस अस्पतालमा उपचार तथा स्वास्थ्यसम्बन्धी सेवा लिँदा पोखरा फाइनान्सको डेबिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गरेमा उपलब्ध सेवामा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
ग्राहकलाई थप सुविधा र लाभ उपलब्ध गराउने उद्देश्यले सहकार्य गरिएको पोखरा फाइनान्सले जनाएको छ। यसबाट फाइनान्सका खातावालाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने कम्पनीको विश्वास छ।
पोखरा फाइनान्सले हाल ३८ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ र सीआईएसलगायतका बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
त्यसैगरी फाइनान्सले मोबाइल बैंकिङ, डेबिट कार्ड र क्यूआर कोडलगायतका डिजिटल बैंकिङ सुविधा पनि प्रदान गर्दै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।