बुधबार, आश्विन १४,२०८३ 05:46:06
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 05:46:06
Bizshala
Global IME Bank Limited

तातोपानी नाका छिट्टै खुलाउन चीनसँग पहल, चाडपर्वअघि आपूर्ति सहज बनाउने तयारी

Bizshala
तातोपानी नाका छिट्टै खुलाउन चीनसँग पहल, चाडपर्वअघि आपूर्ति सहज बनाउने तयारी
New Office

 

 काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले तातोपानी भन्सार नाका यथाशीघ्र सञ्चालनमा ल्याउन चिनियाँ पक्षसँग आवश्यक कूटनीतिक तथा प्राविधिक सहजीकरण गर्न आग्रह गरेको छ।

महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच भएको छलफलमा तातोपानी नाका पुनः सञ्चालन, नेपाल–चीन व्यापार सहजीकरण तथा चाडपर्वअघि आवश्यक वस्तुको आपूर्ति सहज बनाउने विषयमा कुराकानी भएको हो।

अध्यक्ष श्रेष्ठले रसुवागढी र कोरला नाकामा देखिएको अवरोधका कारण नेपाल–चीन व्यापार तथा आपूर्ति शृंखलामा दबाब बढेको बताए। चाडपर्वको मुख्य व्यापारिक मौसम नजिकिँदै गर्दा बजारमा आवश्यक वस्तुको अभाव हुन नदिन र व्यापारी तथा उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्न तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा उनले जोड दिए।

रसुवागढी–केरुङ नाकामा बाढीले ठूलो क्षति पुर्‍याएपछि त्यसतर्फको व्यापारिक चाप घटाउन तातोपानी नाका सञ्चालन गर्ने विषयमा चिनियाँ पक्ष सकारात्मक देखिएको महासंघले जनाएको छ।

छलफलमा राजदूत झाङले बाढीका कारण नेपाल र चीन दुवैतर्फ भएको मानवीय तथा आर्थिक क्षतिप्रति चिन्ता व्यक्त गरे। उनले व्यापारिक मार्ग पुनः सञ्चालनका लागि दुवै देशका अधिकारीले संयुक्त रूपमा स्थलगत निरीक्षण गरिरहेको जानकारी दिए।

सडक तथा अन्य पूर्वाधारको मर्मत र पुनःस्थापनाका लागि चिनियाँ पक्षले द्रुत कार्य टोली परिचालन गरेको र जनजीवन तथा आवागमन सहज बनाउन आवश्यक काम अघि बढाइएको उनले बताए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी–केरुङ नाकातर्फको पुल, भन्सार कार्यालय, सुख्खा बन्दरगाह तथा नेपाल–चीन सीमा जोड्ने करिब १४५ किलोमिटर सडकखण्डमध्ये करिब ४५ किलोमिटर क्षेत्रमा क्षति पुर्‍याएको बताइएको छ।

अध्यक्ष श्रेष्ठले विपद्को समयमा चीनले नेपालप्रति देखाएको सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गरे। उनले व्यापार तथा लगानीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि दुई देशबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए।

यसैबीच, नेपाल र चीनका निजी क्षेत्रबीच व्यापार तथा लगानीका चुनौती, सम्भावना तथा आर्थिक पुनरुत्थानका दीर्घकालीन उपायबारे छलफल गर्न संयुक्त व्यापार मञ्च आयोजना गर्ने विषयमा समेत छलफल भएको महासंघले जनाएको छ।

महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य र महानिर्देशक डा. गोपालप्रसाद तिवारीले पनि नेपाल–चीनबीचको द्विपक्षीय व्यापार, लगानी तथा दीर्घकालीन आर्थिक सहकार्यलाई थप मजबुत बनाउनुपर्ने धारणा राखेका थिए।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.