शुक्रबार, आश्विन १६,२०८३ 02:44:41
Bizshala
  • शुक्रबार, आश्विन १६,२०८३ 02:44:41
Bizshala
Global IME Bank Limited

प्रचण्डको ब्रिफिङ : बालेनको कार्यशैलीप्रति प्रश्न, गतिविधि ‘रहस्यमय’ देखिएको टिप्पणी

Bizshala
प्रचण्डको ब्रिफिङ : बालेनको कार्यशैलीप्रति प्रश्न, गतिविधि ‘रहस्यमय’ देखिएको टिप्पणी
New Office

 

 काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संघीय संसदीय दलको बैठकमा प्रचण्डले सरकारको पछिल्लो ६ महिनाको कार्यसम्पादनको समीक्षा गर्दै प्रधानमन्त्री शाहको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।

नेकपाका प्रमुख सचेतक युवराज दुलालका अनुसार प्रचण्डले सरकार संसद्प्रति पर्याप्त जवाफदेही हुन नसकेको र कामकारबाहीमा पारदर्शिता नदेखिएको धारणा राखेका थिए।

‘वर्तमान सरकार ठिक ढंगले अगाडि गएको छैन भन्नुभयो। ६ महिनामा सरकारले गरेका कामकारबाहीबारे समीक्षा गर्नुभयो। बालेनजी संसद्प्रति जवाफदेही हुनुहुन्न, पारदर्शी ढंगले पनि काम भइरहेको छैन, यसको रहस्य के होला भन्नुभएको थियो,’ दुलालले बताए।

बैठकमा संसद्को प्रभावकारिता, जनसरोकारका विषयमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा कानुन निर्माणमा संसदीय समितिको भूमिकालगायत विषयमा छलफल भएको थियो। आगामी दिनमा संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने, संगठन सुदृढ गर्ने र आगामी स्थानीय तह निर्वाचनको तयारी अघि बढाउने विषयमा पनि बैठकमा समीक्षा भएको दुलालले जानकारी दिए।

प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्निर्माणका लागि पार्टीका तर्फबाट प्रभावकारी पहल गर्ने निर्णयसमेत बैठकले गरेको छ। संसद् अधिवेशन अन्त्य भएपछि सांसदहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुन प्रचण्डले निर्देशन दिएका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सत्तापक्षमै असन्तुष्टि रहेको दाबी

रुकुम पश्चिमबाट निर्वाचित सांसद गोपाल शर्माका अनुसार प्रधानमन्त्री शाहले सत्तापक्षका सांसदहरूलाई समेत बाइपास गरेर अघि बढेको विषयमा बैठकमा सामान्य छलफल भएको थियो।

सरकारले पूरा कार्यकाल काम गर्न नसक्ने सम्भावनाबारे प्रचण्डले उठाएको प्रसंगमा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहबीच देखिएको भनिएको अन्तर्विरोधलाई पनि आधारका रूपमा चर्चा गरिएको बताए।

उनका अनुसार सरकारको कार्यशैलीप्रति विपक्षी दलसँगै सत्तापक्षका सांसदहरूमा समेत असन्तुष्टि रहेको देखिएको छ। रास्वपाका महामन्त्रीको पछिल्लो अभिव्यक्तिले पार्टीभित्रको मतभेदबारे थप चर्चा भएको उनको भनाइ छ।

यद्यपि, रास्वपाभित्रको आन्तरिक विवादमा नेकपाको कुनै भूमिका नरहेको शर्माले स्पष्ट पारे। प्रधानमन्त्री शाहलाई कमजोर बनाउन रवि लामिछानेसँग पार्टीले कुनै गोप्य सहकार्य गरिरहेको भन्ने आशंका निराधार रहेको उनको भनाइ छ।

‘रविजीसँग मिलेर सरकारलाई असहयोग गर्ने भित्रभित्रै षड्यन्त्र भइरहेको छ कि भन्ने कुरामा कुनै सत्यता छैन। रवि र बालेनबीचको सम्बन्ध उनीहरूको आन्तरिक मामिला हो,’ शर्माले भने।

उनले प्रधानमन्त्रीले आफ्नै पार्टीभित्रको एउटा पक्षलाई बेवास्ता गर्दै अघि बढ्दा त्यसले राजनीतिक समस्या निम्त्याउन सक्ने नेकपाको बुझाइ रहेको बताए।

सरकारको दिशामाथि प्रचण्डको निरन्तर प्रश्न

सरकार गठनको सुरुवाती चरणमा तुलनात्मक रूपमा सकारात्मक देखिएका प्रचण्ड पछिल्लो समय सरकारको कार्यशैलीप्रति सार्वजनिक रूपमा आलोचनात्मक देखिँदै आएका छन्।

पार्टीका आन्तरिक बैठक तथा प्रशिक्षणदेखि सार्वजनिक अभिव्यक्तिसम्म उनले सरकारको कामकारबाहीको समीक्षा गर्दै आएका छन्।

दलको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रचण्डले सरकारका केही काम सकारात्मक भए पनि समग्रमा सरकार सही दिशातर्फ अघि बढ्न नसकेको बताएका थिए।

उनको भनाइ थियो, ‘हामीले सरकारको राम्रो कामको समर्थन गर्छौँ, नराम्रो कामको आलोचना गर्छौँ भनेका छौँ। सरकारले ६ महिनामा केही पनि राम्रो काम गरेन भन्ने पक्षमा हामी छैनौँ। तर, समग्रमा हेर्दा सरकार ठिक दिशातिर गइरहेको छैन।’

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.