आईतवार, श्रावण २४,२०८३ 01:20:01
Bizshala
  • आईतवार, श्रावण २४,२०८३ 01:20:01
Bizshala
Global IME Bank Limited

छ महिनामा पूँजीबजारबाट उठ्यो १.९ अर्ब राजश्व, सरकारी लक्ष्य पूरा हुन बजार बुम हुनुपर्ने

छ महिनामा पूँजीबजारबाट उठ्यो १.९ अर्ब राजश्व, सरकारी लक्ष्य पूरा हुन बजार बुम हुनुपर्ने
New Office

काठमाण्डौ । चालु  आर्थिक वर्षको दोस्रो त्रैमास(पुस मसान्त)सम्ममा सरकारले पुँजी बजारबाट करिब १ अर्ब ९० करोड पुँजीगत लाभकर उठाएको छ ।

गत आर्थिक वर्षको पूरा अवधिमा पूँजीबजारबाट उठेको राजश्वको तुलनामा ६ महिनासम्मको प्रगति सन्तोषजनक हो । किनभने गत आर्थिक वर्षको पूरा अवधिमा सरकारले पूँजीबजारबाट करिब ३ अर्ब मात्रै राजश्व उठाएको थियो । 

तर, बजार चलायमान भएका कारण आर्थिक वर्ष २०७८–७९ मा भने सरकारले पूँजीबजारबाट १० अर्ब ३५ करोड राजश्व उठाउने ऐतिहासिक सफलता पाएको थियो ।  

सरकारले चालु आ.ब.को ६ महिनामा पूँजीबजारबाट उठाएको राजश्वको अवस्थालाई हेर्दा र यो दर वर्षको अन्तिमसम्मै कायम रहेमा करिब ४ अर्ब हाराहारीमा राजश्व उठ्ने देखिन्छ ।  

सीडीएसीकाअनुसार समीक्षा अवधिमा व्यक्तिगततर्फ अल्पकालीन लगानीकर्ताले १ अर्ब १६ करोडबराबर पुँजीगत लाभकर तिरेका छन्।  

व्यक्तिगततर्फ दीर्घकालिन लगानीकर्ताहरुले ५०  करोड ५७ लाख रुपैयाँ करमा योगदान गरेका छन् । यस अवधिमा  संस्थागत लगानीकर्ताहरुले भने २२ कराड ३४ लाख रुपैयाँ बराबरको राजश्वमा योगदान गरेको देखिएको छ ।  

सेयर बजारमा दीर्घकालीन भन्दा अल्पकालीन लगानीकर्ताले बढी पुँजीगत कर तिर्दै आएका छन् । अल्पकालीन लगानीकर्ताले नाफा भएको खण्डमा साढे ७ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन्।  

संस्थागत लगानीकर्ताले भने १० प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन्।  

सरकारले चालु वर्षमा पुँजीबजारबाट ३० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । सरकारको लक्ष्य अबको ६ महिनाभित्र पूरा हुन बजार बुम भई कारोबार समेत रेकर्ड लेभलमा हुन आवश्यक देखिन्छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.