शुक्रबार, आश्विन १६,२०८३ 07:02:47
Bizshala
  • शुक्रबार, आश्विन १६,२०८३ 07:02:47
Bizshala
Global IME Bank Limited

नेपा एपको नयाँ संस्करणमा १० भन्दा बढी नयाँ उपकरण थप

Bizshala
नेपा एपको नयाँ संस्करणमा १० भन्दा बढी नयाँ उपकरण थप
New Office

 

 काठमाण्डौ । नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै सञ्चालनमा रहेको नेपा एपले नयाँ संस्करण सार्वजनिक गर्दै दैनिक जीवनमा उपयोगी हुने १० भन्दा बढी नयाँ उपकरण थप गरेको छ।

एपलाई थप उपयोगी, सहज र बहुउद्देश्यीय बनाउने उद्देश्यले नयाँ संस्करणमा विभिन्न डिजिटल उपकरण तथा सुविधा समावेश गरिएको नेपा एपले जनाएको छ।

नयाँ संस्करणमा पीडीएफ कागजात स्क्यान, क्यूआर कोड स्क्यान, इन्टरनेट गति परीक्षण, महिनावारी चक्र विवरण, एकाइ रूपान्तरण, हिसाब, टिपोट तथा सम्झना, ऋण हिसाब, स्थान पत्ता लगाउने र कर हिसाब लगायतका उपकरण थपिएका छन्।

पीडीएफ स्क्यान गर्ने सुविधामार्फत प्रयोगकर्ताले मोबाइलबाटै आवश्यक कागजात स्क्यान गरी पीडीएफ फाइल बनाउन सक्नेछन्। त्यस्तै, क्यूआर कोड स्क्यानरबाट विभिन्न क्यूआर कोड सहजै स्क्यान गर्न सकिनेछ।

इन्टरनेट गति परीक्षण उपकरणमार्फत प्रयोगकर्ताले आफ्नो मोबाइल वा इन्टरनेटको गति परीक्षण गर्न सक्नेछन्। एकाइ रूपान्तरण तथा हिसाब गर्ने उपकरणले दैनिक जीवनमा आवश्यक पर्ने सामान्य गणना र विभिन्न एकाइ रूपान्तरणलाई सहज बनाउने एपको भनाइ छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

महिनावारी चक्रदेखि सम्झना सुविधासम्म

महिलाका लागि उपयोगी हुने महिनावारी चक्र विवरण राख्ने उपकरणमार्फत प्रयोगकर्ताले आफ्नो महिनावारी चक्र तथा सम्बन्धित मितिको विवरण सुरक्षित राख्न सक्नेछन्। यसबाट सम्भावित महिनावारीको मितिबारे जानकारी तथा सम्झना गराउने सूचना पनि प्राप्त गर्न सकिनेछ।

त्यस्तै, टिपोट तथा सम्झना सुविधामार्फत महत्वपूर्ण कुरा लेखेर सुरक्षित राख्नुका साथै आवश्यक समयमा सम्झाउन सूचना निर्धारण गर्न सकिनेछ। प्रयोगकर्ताले महत्वपूर्ण जानकारीलाई आवाजको टिपोटका रूपमा समेत सुरक्षित गर्न सक्ने व्यवस्था गरिएको छ।

ऋण हिसाब गर्ने उपकरणबाट ऋणको किस्ता तथा भुक्तानीसम्बन्धी सामान्य गणना गर्न सकिनेछ। कर हिसाब गर्ने उपकरणले आम्दानी तथा करसम्बन्धी अनुमानित गणनामा सहयोग गर्नेछ।

स्थानसम्बन्धी सुविधामार्फत प्रयोगकर्ताले आफ्नो स्थानको जानकारी प्राप्त गर्न तथा आवश्यकताअनुसार स्थानसम्बन्धी जानकारी प्रयोग गर्न सक्नेछन्।

एउटै एपमा विभिन्न डिजिटल सुविधा

नेपा एपका अनुसार नयाँ उपकरण थप गर्नुको मुख्य उद्देश्य नेपाली प्रयोगकर्ताले दैनिक रूपमा आवश्यक पर्ने विभिन्न डिजिटल सेवा एउटै एपमार्फत सहज रूपमा प्रयोग गर्न सकून् भन्ने हो।

एपमा यसअघि नै नेपाली पात्रो, पञ्चाङ्ग, राशिफल, नेपाली समाचार, जिल्ला समाचार, नेपाली एफएम रेडियो, चर्चामा रहेका विषयलगायत विभिन्न सामग्री उपलब्ध छन्।

एपले आगामी दिनमा पनि प्रयोगकर्ताको आवश्यकता र सुझावका आधारमा थप उपयोगी सुविधा तथा उपकरणहरू थप गर्दै जाने जनाएको छ।

नयाँ उपकरण र आगामी सुविधामार्फत नेपाली प्रयोगकर्ताका दैनिक आवश्यकता तथा उपयोगी जानकारीलाई एउटै डिजिटल माध्यममा उपलब्ध गराउने लक्ष्य नेपा एपले राखेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.