सोमबार, आश्विन १९,२०८३ 09:53:44
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 09:53:44
Bizshala
Global IME Bank Limited

सडक बोर्डमा कार्यकारी निर्देशकका लागि आवेदन खुला

Bizshala
सडक बोर्डमा कार्यकारी निर्देशकका लागि आवेदन खुला
New Office

काठमाडौं। सडक बोर्ड नेपालले खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्त गर्न आवेदन माग गरेको छ। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कार्यकारी निर्देशकका लागि सिभिल इन्जिनियरिङ वा व्यवस्थापनमा स्नातकोत्तर तथा इन्जिनियरिङ वा सडक व्यवस्थापनसम्बन्धी क्षेत्रमा कम्तीमा पाँच वर्षको कार्य अनुभव आवश्यक छ। उम्मेदवारले व्यक्तिगत विवरण, शैक्षिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाण, कार्य अनुभवका प्रमाणित कागजात र नेपाल इन्जिनियरिङ परिषद्को प्रमाणपत्र बुझाउनुपर्नेछ। सरकारी कर्मचारीले सम्बन्धित निकायको पूर्वस्वीकृति पनि पेस गर्नुपर्नेछ।

उम्मेदवारले सडक बोर्ड ऐन, २०५८ तथा सम्बन्धित नियमावलीको उद्देश्यअनुसार आफ्नो योगदान, रणनीति र कार्ययोजनासहितको कार्यपत्रसमेत पेस गर्नुपर्नेछ।

गैरनेपाली नागरिक, ३५ वर्ष पूरा नभएका वा ६० वर्ष नाघेका व्यक्ति उम्मेदवार बन्न पाउने छैनन्। कानुनबमोजिम कालोसूचीमा परेका, तोकिएका गम्भीर फौजदारी कसुरमा सजाय पाएका, विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएका तथा मानसिक सन्तुलन ठीक नभएका व्यक्ति पनि अयोग्य हुनेछन्।

कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ। सेवा सुविधा, मूल्याङ्कन र नियुक्तिसम्बन्धी अन्य व्यवस्था सडक बोर्ड ऐन तथा नियमावलीबमोजिम हुने बोर्डले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.