सोमबार, आश्विन १९,२०८३ 10:49:46
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 10:49:46
Bizshala
Global IME Bank Limited

विश्व अण्डा दिवसमा सप्ताहव्यापी कार्यक्रम, यस वर्ष ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ नारा

Bizshala
विश्व अण्डा दिवसमा सप्ताहव्यापी कार्यक्रम, यस वर्ष ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ नारा
New Office

काठमाडौं। अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना फैलाउने उद्देश्यले नेपाल लेयर्स कुखुरापालक संघले विश्व अण्डा दिवस सप्ताहव्यापी रूपमा मनाइरहेको छ। यस वर्ष दिवसको नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ रहेको छ।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार अक्टोबरको दोस्रो शुक्रबार मनाइने विश्व अण्डा दिवस यस वर्ष असोज २३ गते (अक्टोबर ९) मनाइँदैछ। सन् १९९६ मा अस्ट्रियाको भियनाबाट सुरु भएको दिवसले यस वर्ष ३० वर्ष पूरा गर्दैछ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

दिवसका अवसरमा देशभरका विद्यालयमा विद्यार्थी तथा अभिभावकलाई अण्डाको पोषण, स्वास्थ्यमा यसको भूमिका र सन्तुलित आहारमा यसको महत्वबारे जानकारी दिने कार्यक्रम सञ्चालन भइरहेका छन्। भेटेरिनरी चिकित्सक तथा स्वास्थ्यकर्मीले विद्यालय पुगेर अण्डाको महत्वबारे जानकारी दिइरहेका छन्।

सङ्घको आयोजनामा अमेरिकी सोयाबिन एक्सपोर्ट काउन्सिल (युएसएसइसी)को सहयोग तथा सरकारी–निजी क्षेत्रको सहकार्यमा असोज २३ गते विशेष कार्यक्रम हुँदैछ। बिहान ७ बजे उद्योग सङ्घ चितवनबाट सुरु हुने ‘एग वाक’ नारायणगढको सहिद चोकमा पुगेर समापन हुनेछ। सोही दिन अण्डा उत्पादन, पोषण, स्वास्थ्य, उपभोग, बजार र नेपाली समाजमा अण्डाको भूमिकाबारे प्यानल डिस्कसन पनि आयोजना गरिनेछ।

फिजिसियन डा. भोजराज अधिकारीका अनुसार एउटा अण्डामा करिब ६ ग्राम उच्च गुणस्तरको प्रोटिनका साथै भिटामिन ए, बी, बी–१२, कोलिन, भिटामिन डी, ई, फोलेट, फस्फोरस, सेलेनियम र जिङ्कलगायत पोषक तत्व पाइन्छन्। अण्डाको प्रोटिनले मांसपेशी तथा तन्तुको निर्माण र मर्मतमा सहयोग गर्नुका साथै बालबालिकाको वृद्धि–विकासमा भूमिका खेल्ने उनले बताए। पहेँलो भागमा पाइने कोलिन, ल्युटिन र जेक्स्यान्थिनले क्रमशः मस्तिष्क, स्नायु प्रणाली र आँखाको स्वास्थ्यमा योगदान गर्ने उनको भनाइ छ।

चार वर्षअघि किसान विस्थापनको अवस्था देखिएपछि स्थापना भएको सङ्घले अण्डाको बजारीकरणमा पहल गर्दै आएको छ। लागत मूल्य नपाएर विस्थापित हुँदै आएका किसानले पछिल्ला दिनमा लागत मूल्य पाउन थालेको र उत्पादनसँगै खपत बढाउने उद्देश्यले जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइएको अध्यक्ष पोखरेलले बताए। 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.