सोमबार, आश्विन १९,२०८३ 11:53:31
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 11:53:31
Bizshala
Global IME Bank Limited

सेयर बिक्रीमा १५ दिने पूर्वसूचना व्यवस्था संशोधन गर्न सेयरधनी संघको माग

Bizshala
सेयर बिक्रीमा १५ दिने पूर्वसूचना व्यवस्था संशोधन गर्न सेयरधनी संघको माग
New Office

काठमाडौं। नेपाल सेयरधनी संघले नेपाल धितोपत्र बोर्डले लागू गरेको आधारभूत सेयरधनीले सेयर बिक्री गर्नुअघि १५ दिन अगावै सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्थामा संशोधन गर्न माग गरेको छ।

नेपाल धितोपत्र बोर्डले २०८३/०५/०९ मा जारी गरेको पत्रको बुँदा नं. १ मा सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि १५ दिन अगावै सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था गरेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नेपाल सेयरधनी संघले उक्त व्यवस्थाको सिद्धान्तसँग आफूहरू सहमत भए पनि यसको कार्यान्वयनको तरिकाप्रति गम्भीर आपत्ति जनाएको छ। संघका अनुसार यस्तो व्यवस्था दोस्रो बजारमा लगानी गरी आधारभूत सेयरधनी बनेका लगानीकर्तालाई नभई ठूला संस्थागत लगानीकर्तालाई लक्षित हुनुपर्ने निष्कर्ष छ।

संघले उक्त प्रावधानले साना लगानीकर्ता मर्कामा पर्नुका साथै बजारमा अनावश्यक आतंक सिर्जना गर्न सक्ने जनाएको छ। यसबाट बजारमा हल्ला र अस्थिरता बढ्न सक्ने तथा ‘ठूला लगानीकर्ता भाग्दैछन्’ भन्ने मनोविज्ञानका कारण राम्रो कम्पनीको सेयर मूल्यसमेत हल्लाकै भरमा घट्ने सम्भावना रहेको संघको भनाइ छ। यस्तो अवस्थामा साना लगानीकर्ता नै बढी प्रभावित हुने संघले जनाएको छ।

संघले संस्थागत पारदर्शिता बढाउनुपर्नेमा जोड दिँदै बजारलाई अस्थिर बनाउने मुख्य विषय ५ प्रतिशतभन्दा माथिको ठूलो परिमाणको संस्थागत वा प्रमोटर सेयर बिक्री भएकाले पारदर्शिताको व्यवस्था त्यहीँबाट सुरु हुनुपर्ने जनाएको छ।

संघले नेपाल धितोपत्र बोर्डसमक्ष २०८३/०५/०९ मा जारी गरिएको पत्रको बुँदा नं. १ संशोधन गर्न माग गरेको छ। संघले दोस्रो बजारमा सेयर खरिद गरी आधारभूत सेयरधनी भएका सेयरधनीको हकमा ‘१५ दिन अगाडि सार्वजनिक सूचना’ दिनुपर्ने व्यवस्था लागू नहुने गरी तत्काल निर्देशिका सच्याउन तथा यस विषयमा लगानीकर्तामाझ स्पष्ट धारणा सार्वजनिक गर्न बोर्डसमक्ष अनुरोध गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.