सोमबार, आश्विन १९,२०८३ 03:13:50
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 03:13:50
Bizshala
Global IME Bank Limited

निओ स्टोरको दसैं अफर सार्वजनिक, ल्यापटपदेखि स्मार्टफोनसम्म आकर्षक उपहार

Bizshala
निओ स्टोरको दसैं अफर सार्वजनिक, ल्यापटपदेखि स्मार्टफोनसम्म आकर्षक उपहार
New Office

 काठमाण्डौ ।  दशैंलाई लक्षित गर्दै निओ स्टोरले विशेष चाडपर्व योजना ‘निओ फेस्टिभ फिएस्टा’ सार्वजनिक गरेको छ। ‘यस दसैं, Upgrade पनि Celebration पनि!’ नारासहित ल्याइएको योजनामा ल्यापटप तथा स्मार्टफोन खरिदमा निश्चित उपहार, साप्ताहिक लक्की ड्र र बम्पर पुरस्कारको व्यवस्था गरिएको छ।

योजनाअन्तर्गत ल्यापटप खरिद गर्ने ग्राहकले तत्कालै सातवटा एसेसोरिजसहितको निश्चित उपहार पाउनेछन्। उपहारमा ल्यापटप ब्याग, माउस, हेडफोन, क्लिनिङ किट, पेनड्राइभ, माउसप्याड र किबोर्ड कभर रहेका छन्।

त्यस्तै, योजनाको अवधिभर सात सातासम्म प्रत्येक हप्ता तीन जना विजेता छनोट गरिनेछ। लक्की ड्रमार्फत छानिएका कुल २१ जना विजेताले Aqfit ब्रान्डका स्मार्टवाच प्राप्त गर्नेछन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अभियानको मुख्य आकर्षणका रूपमा ग्रान्ड फिनाले बम्पर लक्की ड्र समेत राखिएको छ। तीन जना विजेतामध्ये एक जनाले Haier वासिङ मेसिन, एक जनाले रेफ्रिजेरेटर र अर्का एक जनाले टेलिभिजन पाउनेछन्।

स्मार्टफोन खरिदकर्ताका लागि पनि छुट्टै अफर ल्याइएको छ। निश्चित मोडलका Xiaomi/Redmi, Nothing, Samsung, OnePlus र OPPO स्मार्टफोन खरिदमा neOne Purebeats Move वायरलेस इयरबड निःशुल्क उपलब्ध गराइनेछ।

त्यसैगरी, Samsung स्मार्टफोन खरिदमा शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

निओ स्टोरका अनुसार दसैंको अवसरमा ग्राहकलाई नयाँ प्रविधि खरिदसँगै अतिरिक्त लाभ दिने उद्देश्यले योजना ल्याइएको हो। अफरका विभिन्न सर्त तथा सुविधा स्टोरअनुसार फरक हुन सक्ने कम्पनीले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.