बुधबार, आश्विन २१,२०८३ 03:12:06
Bizshala
  • बुधबार, आश्विन २१,२०८३ 03:12:06
Bizshala
Global IME Bank Limited

इजरायल पठाउने नाममा साढे २ करोडभन्दा बढी ठगी, सीआईबीले खोज्यो थप पीडित

Bizshala
इजरायल पठाउने नाममा साढे २ करोडभन्दा बढी ठगी, सीआईबीले खोज्यो थप पीडित
New Office

 

 काठमाण्डौ । सरकारी प्रक्रियामार्फत इजरायलमा केयरगिभरको रोजगारीमा पठाइदिने प्रलोभन देखाएर साढे दुई करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूबाट थप व्यक्ति ठगिएको हुन सक्ने आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पीडितलाई प्रमाणसहित जाहेरी दिन आह्वान गरेको छ।

सीआईबीका अनुसार पक्राउ पर्नेमा रामेछाप सुनापति गाउँपालिका–१ घर भई काठमाडौं बस्दै आएका ५९ वर्षीय भरत चौलागाईँ र बालिका शिवाकोटीसहित चार जना छन्। चौलागाईँ नेपाली कांग्रेससँग आबद्ध नेता हुन् भने शिवाकोटी कांग्रेसनिकट प्रेस युनियनकी केन्द्रीय सदस्य रहेको जनाइएको छ।

प्रहरीका अनुसार समूहले प्रधानमन्त्रीका सल्लाहकारको नामदेखि नक्कली सरकारी कागजातसम्म प्रयोग गरी इजरायल पठाउने विश्वास दिलाउँदै रकम उठाएको आरोप छ।

प्रतीक्षा सूचीमा रहेकाहरूलाई बनाइयो निशाना

सीआईबीको प्रारम्भिक अनुसन्धानअनुसार सन् २०२४ मा इजरायलमा केयरगिभरका रूपमा जाने प्रक्रियाअन्तर्गत परीक्षा उत्तीर्ण गरेर पनि प्रतीक्षा सूचीमा रहेका व्यक्तिहरूलाई मुख्य निशाना बनाइएको थियो।

उक्त परीक्षामा कुल ३ हजार ४६१ जना उत्तीर्ण भएका थिए। तीमध्ये १ हजार १५२ जना प्रतीक्षा सूचीमा रहेको जनाइएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

लामो समयसम्म इजरायल जाने पालो नआएपछि तनाव र अन्योलमा रहेका यिनै व्यक्तिहरूको अवस्थाको फाइदा उठाउँदै पक्राउ परेका व्यक्तिहरूले आफूहरूको उच्च सरकारी तहसम्म पहुँच रहेको विश्वास दिलाएको प्रहरीको आरोप छ।

सरकारी संयन्त्रमार्फत प्रक्रिया मिलाइदिने र इजरायल पठाइदिने आश्वासन दिँदै विभिन्न व्यक्तिबाट रकम उठाइएको सीआईबीको अनुसन्धानमा देखिएको छ।

नक्कली सरकारी कागजातसमेत प्रयोग गरेको आरोप

प्रहरीका अनुसार पीडितलाई विश्वासमा पार्न सरकारी निर्णय भएको जस्तो देखिने फर्जी कागजातसमेत प्रयोग गरिएको थियो। प्रधानमन्त्रीका सल्लाहकारलगायत उच्च पदस्थ व्यक्तिहरूको नाम जोडेर प्रक्रिया निश्चित भएको भ्रम सिर्जना गरिएको आरोप छ।

यसरी विश्वास दिलाएर विभिन्न पीडितबाट उठाइएको रकम साढे दुई करोड रुपैयाँभन्दा बढी पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

सीआईबीले अहिलेसम्म चार जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। तर पक्राउ परेका व्यक्तिहरूबाट थप मानिस ठगिएको हुन सक्ने देखिएपछि प्रहरीले सार्वजनिक रूपमै पीडितहरूको खोजी थालेको हो।

सीआईबीले उनीहरूबाट ठगिएको भए रकम बुझाएको प्रमाण, बैंकिङ कारोबार, कागजात तथा अन्य उपलब्ध विवरणसहित यथाशीघ्र जाहेरी दिन आग्रह गरेको छ।

प्रहरीले थप जाहेरी र प्रमाण संकलनपछि ठगीको वास्तविक रकम, पीडितको संख्या तथा प्रकरणमा अरू व्यक्तिको संलग्नता रहे–नरहेको विषयमा अनुसन्धान अघि बढाउनेछ।

पक्राउ परेका व्यक्तिमाथि लागेको आरोपको अन्तिम निरुपण भने अनुसन्धान र न्यायिक प्रक्रियाबाट हुनेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.