काठमाण्डौ । चितवनबाट काठमाडौं आउँदै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ।
धादिङको गल्छी गाउँपालिका–७ स्थित मच्छेडी खोलामा एचआर ३८ एएल ३३६७ नम्बरको भारतीय ग्यास बुलेट दुर्घटनामा परेको हो।
दुर्घटनामा बुलेटका चालक घाइते भएका छन्। प्रहरी निरीक्षक श्यामकुमार बस्नेतका अनुसार घाइते चालकको अवस्थाबारे थप विवरण आउन बाँकी छ।
ग्यास बुलेट दुर्घटनाका कारण मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ। दुर्घटनाग्रस्त बुलेट हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।