काठमाण्डौ । मनकामना इञ्जिनियरिङ हाइड्रोपावर लिमिटेडका एक संस्थापक सेयरधनीले ठूलो परिमाणमा सेयर बिक्री गर्ने भएका छन्।
कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार संस्थापक सेयरधनी रामप्रसाद तिमिल्सिनाले आफ्नो स्वामित्वमा रहेको ४ लाख ६० हजार २०८ कित्ता सेयर बिक्री गर्ने मनसाय व्यक्त गरेका हुन्।
नेपाल धितोपत्र बोर्डबाट जारी निर्देशनबमोजिम आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको निश्चित सीमा वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि अग्रिम जानकारी गराउनुपर्ने व्यवस्थाअनुसार कम्पनीले उक्त विवरण सार्वजनिक गरेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।