सोमबार, आश्विन २६,२०८३ 06:20:47
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 06:20:47
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया बैंकद्वारा चार सामुदायिक विद्यालयलाई शैक्षिक सहयोग

Bizshala
एनआईसी एशिया बैंकद्वारा चार सामुदायिक विद्यालयलाई शैक्षिक सहयोग
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुगु, डोटी र मोरङका चार सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री तथा पानी शुद्धिकरण प्लान्ट सहयोग गरेको छ।

बैंकले विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले छायाँनाथ रारा नगरपालिका–३, मुगुस्थित श्री हिमालय आधारभूत विद्यालय, आदर्श गाउँपालिका–२, साउदकाँडा, डोटीस्थित श्री नमादेव माध्यमिक विद्यालय, दिपायल सिलगढी नगरपालिका–१, तिखा, डोटीस्थित श्री मगलेक माध्यमिक विद्यालय र जहदा गाउँपालिका–३, मोरङस्थित श्री बाललक्ष्मी आधारभूत विद्यालयलाई सहयोग गरेको हो।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

४८ भन्दा बढी विद्यार्थी अध्ययनरत श्री हिमालय आधारभूत विद्यालयमा आश्विन २३ गते आयोजित कार्यक्रममा बैंकका कर्णाली सर्कल हेड जीवन शाही र मुगु शाखा प्रमुख विश्वराज बुढाले विद्यालयका प्रधानाध्यापक लोकबहादुर मल्ललाई विद्यालय पोशाक, झोला तथा विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए।

त्यस्तै, डोटीका दुई विद्यालयलाई पनि बैंकले पोशाक, झोला तथा शैक्षिक सामग्री प्रदान गरेको छ। ३७५ भन्दा बढी विद्यार्थी अध्ययनरत श्री नमादेव माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवराज ओझा र २९५ भन्दा बढी विद्यार्थी रहेको श्री मगलेक माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक पुस्करबहादुर साउदलाई आश्विन २२ गते आयोजित कार्यक्रममा बैंकका दिपायल शाखा प्रमुख सुधिर भण्डारीले सामग्री हस्तान्तरण गरेका थिए।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

यसैगरी, १०७ भन्दा बढी विद्यार्थी अध्ययनरत मोरङको श्री बाललक्ष्मी आधारभूत विद्यालयमा बैंकले पानी शुद्धिकरण प्लान्ट जडान गरी हस्तान्तरण गरेको छ। उक्त प्लान्ट बैंकका विराटनगर सर्कल हेड दशरथ पराजुलीले विद्यालयका प्रधानाध्यापक बलेश्वर राजवंशीलाई हस्तान्तरण गरेका हुन्।

बैंकले उपलब्ध गराएको सहयोगबाट विद्यार्थीहरूको पठनपाठन थप सहज हुनुका साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.