सोमबार, आश्विन २६,२०८३ 07:15:31
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 07:15:31
Bizshala
Global IME Bank Limited

यातायात कार्यालय धाउनुपर्ने बाध्यता हट्यो, वारेसनामाबाटै सवारी दर्ता र नामसारी

Bizshala
यातायात कार्यालय धाउनुपर्ने बाध्यता हट्यो, वारेसनामाबाटै सवारी दर्ता र नामसारी
New Office

काठमाण्डौ ।  नयाँ तथा पुराना सवारी साधनको खरिद–बिक्रीपछि दर्ता तथा नामसारी गर्न अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित हुन नपर्ने भएको छ।

यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गर्दै सवारी दर्ता तथा नामसारी प्रक्रियालाई सहज बनाएको हो। विभागले असोज २६ गते सार्वजनिक सूचना जारी गर्दै मन्त्रीस्तरीय निर्णयअनुसार संशोधित व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित सबैलाई जानकारी गराएको छ।

नयाँ व्यवस्थाअनुसार निजी तथा सार्वजनिक सवारी साधन पहिलोपटक दर्ता वा नामसारी गर्दा डिलरले गरेको सवारी जाँचलाई नै मान्यता दिइनेछ। यसअघि डिलरमा जाँच भइसकेको सवारीलाई पुनः यातायात व्यवस्था कार्यालयमा पुर्‍याएर जाँच गराउनुपर्ने अवस्था रहेकामा अब त्यो झन्झट हटाइएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

त्यस्तै, सवारी खरिदकर्ता स्वयं कार्यालयमा उपस्थित हुन नसकेको अवस्थामा उनले वारेसनामा दिएको व्यक्तिले दर्ता तथा नामसारीको काम गर्न सक्ने व्यवस्था गरिएको छ। त्यसका लागि वारेसनामा पाएको व्यक्ति आफ्नो नेपाल सरकारबाट जारी सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो तथा खरिदकर्ताको सक्कल परिचयपत्रसहित कार्यालयमा उपस्थित हुनुपर्नेछ।

संशोधित व्यवस्थाले सवारी बीमा तथा बीमा नवीकरणमा समेत सहजता ल्याएको छ। अब सवारी साधनको बीमा गर्न वा बीमा नवीकरण गर्न सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने छैन।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै, सवारी नामसारीलाई थप प्रविधिमैत्री बनाउने गरी बायोमेट्रिकसम्बन्धी व्यवस्था पनि गरिएको छ। विभागले सवारी दर्ता प्रणाली (VRS) मा आवश्यक प्राविधिक व्यवस्था गरेपछि सवारी विक्रेता, वितरक वा कम्पनीले प्रणालीमा आबद्ध हुन यातायात कार्यालयसँग माग गर्न सक्नेछन्।

सम्बन्धित यातायात कार्यालयले एकद्वार प्रणालीबाट बायोमेट्रिक लिन सकिने गरी सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

विभागका अनुसार संशोधनको मुख्य उद्देश्य सवारी दर्ता तथा नामसारीका क्रममा सेवाग्राहीले बेहोर्दै आएको अनावश्यक उपस्थितिको झन्झट हटाउँदै सेवा प्रवाहलाई छिटो, सहज र प्रविधिमैत्री बनाउनु हो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.