मंगलवार, आश्विन २७,२०८३ 09:56:32
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 09:56:32
Bizshala
Global IME Bank Limited

दसैँ मनाउन २४ घण्टामा उपत्यकाबाट ५६ हजारभन्दा बढी यात्रु बाहिरिए

Bizshala
दसैँ मनाउन २४ घण्टामा उपत्यकाबाट ५६ हजारभन्दा बढी यात्रु बाहिरिए
New Office

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यका छाडेर घर फर्किने यात्रुको सङ्ख्या बढेको छ । पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै ५६ हजार ८०९ यात्रु बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार नागढुङ्गा नाकाबाट सबैभन्दा बढी २७ हजार ६४९ र भक्तपुर नाकाबाट २० हजार ६१५ यात्रु बाहिरिएका छन् । त्यस्तै, फर्पिङबाट ५ हजार ५१०, तीनपिप्लेबाट ९७२, भट्टेडाँडाबाट ८८६, साँखुबाट ६०८, भीमढुङ्गाबाट ५१३ र थानकोटबाट ५६ यात्रु बाहिरिएका छन् ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यात्रुको चाप बढेसँगै सवारीसाधन व्यवस्थापनमा चुनौती थपिएको यातायात व्यवसायीले बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार पृथ्वी राजमार्गको धादिङस्थित गलौँदीमा सडक भासिएर आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमै रोकिएका थिए । यसले यात्रु ओसारपसार र सवारी व्यवस्थापनमा समस्या पारेको उनले बताए ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

महासंघले यात्रुलाई टिकट लिएर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X