बिहीबार, बैशाख ३१,२०८३ 04:32:21
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:32:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

१९५० को विन्दुमा डबल बटम बनाउँदै गरेको बजारको आगामी यात्रा कस्तो ?

Laxmi Sunrise Bank Limited
१९५० को विन्दुमा डबल बटम बनाउँदै गरेको बजारको आगामी यात्रा कस्तो ?
Shivam Cement

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनमा बजार ३ दिन सेयर बजार बढ्दा १ दिन घट्यो भने १ दिन स्थिर रह्यो । अघिल्लो साता १९६६.२३ अंकमा बन्द भएको बजार यो साता २०१८.७६ मा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा ५२.५३ अंकले बजारमा बढोत्तरी आयो । अघिल्लो साता ३२.५३ अंकले बजारमा घटेको थियो ।  

यो साता दोस्रो बजारमा १८.५९ अर्बको कारोबार भयो । अघिल्लो साता सेयर बजारमा १४.४९ अर्बको कारोबार भएको थियो । यस हिसाबले यो साता दोस्रो बजारमा नेप्से सूचक र कारोबार दुबै बढ्यो । यो साता बजार पूँजीकरण ३२ खर्ब १ अर्ब कायम भएको छ । अघिल्लो साता बजार पूँजीकरण ३१.१७ खर्ब रहेको थियो । यस हिसाबले यो साता बजारमा बढोत्तरी आउँदा बजार पूँजीकरण ८४ अर्बले बढेको छ  ।  

प्राविधिक पक्षः

टेवा र अवरोधको आधारमाः

पछिल्लो समय नेप्से परिसूचक १८ देखि २२ सय विन्दुमा सीमित भएको छ । यसबीचमा पछिल्लो समय १९५० मा बजराले ३ पटक टेवा लिएको छ । गत महिना २०५० को विन्दुमा २ पटक टेवा लिएर माथिको यात्रा तय गरेको बजारले २ पटक नै २०४० को विन्दुमा प्रतिरोध सामाना गरेको छ । अर्थात डबल बटम बनाएर माथिको यात्रा तय गरेको छ ।  

पहिले १८ सय आसपास डबल बटम बनाउने गरेको बजार हाल १९५० मा सपोर्ट लिने गरेको देखिन्छ ।  

त्यसैगरि, बजारले २०४० लाई नेक लाइन बनाएको छ । यस हिसाबले हेर्दा बजार  १९५० रु २०४० वरिपरी घुमेको छ । अर्थात, बजारले १९५० मा बलियो सपोर्ट र २०४० मा कडा प्रतिरोध लिएको छ । यो साता २०१८ को विन्दुमा बन्द भएको बजार यदि आगामी दिनमा २०४० लाई ब्रेक गरेर माथि जान्छ भने बजार २२ सयसम्म पनि जान सक्छ । यस विपरित बजार हालको मनौवैज्ञानिक विन्दु २ भन्दा पनि तल जान्छ भने फेरी बजार १९५० सम्म सपोर्ट लिन आउन सक्छ ।  

Bizshala
New Office
CG Motors

बोलिङ्गर ब्याण्ड , म्याक्डी तथा आरएसआई  

बजारलाई बोलिङ्गर ब्याण्डमार्फत डेली बेसमा हेर्दा साताको अन्तिम कारोबारमा अपर ब्याण्डमा शुटिङग स्टार प्रकृतिका क्याण्डल बनेका छन् । साप्ताहिक रुपमा यो साता बजार बढेता पनि मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको छ । यसअघि पनि बजारमा मध्य ब्याण्डमा प्रतिरोधको सामना गरेर करेक्सन आएको थियो । म्याक्डीमार्फत हेर्दा एमएसीडी लाइन र सिग्नललाईन नजिक नजिक हुँदै गएका छन् । हिस्टोग्राम नेगेटिभ रहेता पनि छोटाछोटा हुँदै गएका छन् ।

साप्ताहिक रुपमा आरएसआई हाल ५० को तहमा रहेको छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा भने बजार आरएसआईमा बुलिस डाइभर्जेन्स देखिन्छ । अर्थात, बजारमा अल्पकालमा केही करेक्सन हुन सक्छ तर दीर्घकालको लागि भने बजार बुलिस हुँदै गएको देखिन्छ । साप्ताहिक रुपमा हेर्दा बजारलाई कारोबार तथा भोल्युममार्फत नियाल्दा पनि बजारमा एक्युमुलेशन हुँदै गरेका देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटीभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२१४४

प्रतिरोध २ –२०९५

प्रतिरोध १– २०५१

पिभट प्वइन्टः २००२

घटेमा सपोर्ट  

सपोर्ट १– १९५७

सपोर्ट २– १९०८

सपोर्ट  ३ –१८६४  

निष्कर्षः यो साता सेयर बजारमा ५२.५३ अंकको बढोत्तरी आएको छ । बजार बढ्दा कारोबार र सूचकमा पनि बढोत्तरी आएको छ । प्राविधिक रुपमा यो साताको बजारले बोलिङगरको मध्य ब्याण्ड अथवा पिभट् प्वइन्टको पहिलो प्रतिरोध विन्दुमा प्रतिरोध सामाना गरेको छ । 

यस हिसाबले बजार अल्पकालमा भने केही करेक्सन हुन सक्ने देखिन्छ । यद्यपी पिभट् प्वइन्ट २००२ भन्दामाथि बजार रहँुन्जेल बजार मजबुत नै हुने देखिन्छ । साप्ताहिक रुपमा बोलिङगर र आरएसआई जस्ता इन्डिकेटरबाट बजारको अवस्था हेर्दा बजार घट्दै जाँदा आरएआई बढ्दै गएको देखिन्छ ।

यसले बजारमा स्मार्ट मनीको फ्लो पनि बढ्दै छ भन्ने देखाउँछ । यसकारण हालको बजारमा अल्पकालमा केही करेक्सन हुन सक्ने तर दीर्घकालका लागि भने बजार मजबुत नै देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.