शुक्रबार, कार्तिक १३,२०८३ 06:27:07
  • शुक्रबार, कार्तिक १३,२०८३ 06:27:07
Global IME Bank Limited

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको नेतृत्वमा दिनेश थकाली

Bizshala
डेभलपमेन्ट बैंकर्स एसोसिएसनको नेतृत्वमा दिनेश थकाली
New Office

काठमाण्डौ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (डीबीएएन) को अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली सर्वसम्मत चयन भएका छन्।

एसोसिएसनको २१औँ वार्षिक साधारणसभाले थकालीको नेतृत्वमा आगामी दुई वर्षका लागि ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर, लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रविन सिजापति, ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनन्तकुमार चापागाईं रहेका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नवनिर्वाचित अध्यक्ष थकाली चार्टर्ड एकाउन्टेन्टसमेत हुन्। बैंकिङ क्षेत्रमा वित्तीय कार्यसम्पादन, संस्थागत सुधार, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन र सुशासनमा उनको अनुभव रहेको छ।

अध्यक्षको पदभार ग्रहण गर्दै थकालीले विकास बैंक क्षेत्रका समसामयिक मुद्दामा एसोसिएसनलाई प्रभावकारी रूपमा अघि बढाउने बताए।

उनले सुशासन, जोखिम व्यवस्थापन, प्रविधिको प्रयोग, मानव संसाधनको क्षमता विकास, डिजिटल रूपान्तरण, कर्जा गुणस्तर सुधार र खराब कर्जा असुलीमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

सदस्य बैंकहरूबीच उत्कृष्ट अभ्यास आदानप्रदान गर्दै विकास बैंकहरूको संस्थागत क्षमता थप बलियो बनाउने उनको भनाइ छ।

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसँगै वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरण पारित गरेको छ।

Garima Development Bank
Bizshala
IME remit

सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत स्वीकृत गरेको छ।

हाल नेपालमा १७ विकास बैंक सञ्चालनमा छन्। तीमध्ये ८ राष्ट्रियस्तरका र ९ क्षेत्रीयस्तरका छन्।

उपलब्ध तथ्यांकअनुसार विकास बैंकहरूले १ हजार ११२ शाखा र ३३६ एटीएममार्फत करिब ८० लाख ग्राहकलाई बैंकिङ सेवा दिँदै आएका छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.