काठमाडौं । मल्टिपर्पस फाइनान्स लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा उल्लेख्य रूपमा घटेको छ ।
कम्पनीले असोज मसान्तसम्म ३२ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले १ करोड ३५ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस आधारमा नाफा करिब ७६ प्रतिशतले घटेको हो ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने बढेर ३ करोड १४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ करोड ७६ लाख रुपैयाँ थियो ।
कम्पनीको सञ्चालन नाफा ४६ लाख ६४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष सञ्चालन नाफा २ करोड रुपैयाँभन्दा बढी थियो ।
फाइनान्सले ३ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ३६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
कम्पनीको खराब कर्जा अनुपात ३.६२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खराब कर्जा ६.९३ प्रतिशत थियो । यस हिसाबले खराब कर्जामा सुधार देखिएको छ ।
कम्पनीको पूँजी पर्याप्तता अनुपात २३.१० प्रतिशत छ । प्रतिशेयर आम्दानी २.१४ रुपैयाँ रहेको छ भने कर्जा–निक्षेप अनुपात ६९.३० प्रतिशत र आधारदर ७.५५ प्रतिशत रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।