काठमाडौं। मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्तापुँजी ७६ करोड रुपैयाँको १३ प्रतिशत अर्थात् ९ करोड ८८ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.६८४२ प्रतिशत अर्थात् ५२ लाख रुपैयाँ नगद लाभांशसमेत वितरण गर्ने प्रस्ताव गरेको छ। यसअनुसार कम्पनीले बोनस सेयर र नगद लाभांश गरी कुल १३.६८४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।