काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता सिप विकास कार्यशाला सम्पन्न गरेको छ । कम्पनीको नारायणगढ क्षेत्र अन्तर्गत चितवन एरिया र हेटौंडा एरियाको अभिकर्ता सिप विकास कार्यशाला सम्पन्न भएको हो ।
कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)निराजन कंडेलको विशेष उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा करिब १०० जना अभिकर्ताको उपस्थिति रहेको थियो ।
डेपुटी सीईओ कंडेलले ब्यक्तिगत वित्त व्यवस्थापन र लगानी विकेन्द्रिकरणको विषयमा अभिकर्तासमक्ष प्रकाश पारेका थिए । साथै जीवनमा सुरक्षाको महत्व कति छ र जीवन बीमा किन आवश्यक छ, भन्ने बिषयमा प्रस्ट पारेका थिए ।
कार्यक्रममा हेटौंडा एरियाका प्रमुख सुर्य गिरीले सन्चालन गरेका थिए भने स्वागत मन्तब्य चितवन एरियाका प्रबन्धक इशा प्रधानले गरेकी थिइन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।