काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटारमा आज बिहान दुई घण्टा सवारी आवागमन बन्द हुने भएको छ।
बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिका लागि बिहान ९ देखि ११ बजेसम्म सबै प्रकारका सवारी साधनको आवागमन रोक्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।
सोमबार निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि आज पुनः सडक बन्द गरेर निर्माण कार्य अघि बढाउन लागिएको हो।
प्रशासनले यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न र ट्राफिक नियम पालना गर्न आग्रह गरेको छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।