सोमबार, कार्तिक १६,२०८३ 06:38:16
  • सोमबार, कार्तिक १६,२०८३ 06:38:16
Global IME Bank Limited

३२ करोड घाटाबाट ३ करोड नाफामा फर्किए फाइनान्स कम्पनी, तर जानकीको ६३ प्रतिशत एनपीएलले बजायो खतरा घण्टी

Bizshala
३२ करोड घाटाबाट ३ करोड नाफामा फर्किए फाइनान्स कम्पनी, तर जानकीको ६३ प्रतिशत एनपीएलले बजायो खतरा घण्टी
New Office

काठमाण्डौ । लामो समयदेखि खराब कर्जा र कमजोर नाफाको दबाब झेलिरहेका फाइनान्स कम्पनीहरूको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा समग्र नाफा सुधारिएको छ। तर केही संस्थाको खराब कर्जा अझै अस्वाभाविक उच्च रहेकाले फाइनान्स क्षेत्रको जोखिम पूर्ण रूपमा हटिसकेको भने देखिँदैन।

चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म १४ फाइनान्स कम्पनीले समग्रमा २ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। गत आर्थिक वर्षको यही अवधिमा यी कम्पनीहरू समग्रमा ३२ करोड ५६ लाख रुपैयाँभन्दा बढी घाटामा थिए।

यसरी एक वर्षमै फाइनान्स कम्पनीहरूको समग्र वित्तीय नतिजामा करिब ३५ करोड ५४ लाख रुपैयाँको सुधार देखिएको छ।

नाफाका आधारमा आईसीएफसी फाइनान्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले पहिलो त्रैमासमा ६ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्ष २ करोड २४ लाख रुपैयाँ नाफा कमाएको आईसीएफसीको नाफा २१०.७९ प्रतिशत बढेको छ।

त्यस्तै गुर्खाज फाइनान्सले ६ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्ष यही अवधिमा कम्पनी ४ करोड २४ लाख रुपैयाँभन्दा बढी घाटामा थियो।

गुडविल फाइनान्सको नाफा ६८.९२ प्रतिशत बढेर ६ करोड ३१ लाख रुपैयाँ पुगेको छ। सेन्ट्रल फाइनान्सले २ करोड ९ लाख रुपैयाँ र श्री इन्भेष्टमेन्ट फाइनान्सले १ करोड ९६ लाख रुपैयाँ नाफा कमाएका छन्।

श्री इन्भेष्टमेन्टको नाफा वृद्धिदर सबैभन्दा आकर्षक देखिएको छ। गत वर्ष ३४ लाख रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा यस वर्ष ४७०.७२ प्रतिशत बढेको छ।

यता गत वर्ष ५ करोड ४७ लाख रुपैयाँ घाटामा रहेको बेस्ट फाइनान्स पनि यस वर्ष २ करोड १४ लाख रुपैयाँ नाफामा फर्किएको छ।

६ कम्पनी अझै घाटामा

समग्र फाइनान्स क्षेत्र नाफामा फर्किए पनि सबै कम्पनीको अवस्था भने सुधारिएको छैन।

रिलायन्स फाइनान्स पहिलो त्रैमासमा सबैभन्दा धेरै १२ करोड ३ लाख रुपैयाँ घाटामा छ। यद्यपि गत वर्षको १६ करोड ४८ लाख रुपैयाँ घाटाको तुलनामा घाटा केही घटेको छ।

पोखरा फाइनान्स ४ करोड ७१ लाख रुपैयाँ, प्रोग्रेसिभ फाइनान्स ४ करोड ३२ लाख रुपैयाँ र नेपाल फाइनान्स करिब ३ करोड रुपैयाँ घाटामा छन्।

यस्तै जानकी फाइनान्स ८५ लाख ८५ हजार रुपैयाँ र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ३५ लाख ७५ हजार रुपैयाँ घाटामा छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

जानकीको एनपीएल ६२.९२ प्रतिशत

फाइनान्स क्षेत्रको सबैभन्दा ठूलो चिन्ता खराब कर्जामै देखिएको छ।

जानकी फाइनान्सको निष्क्रिय कर्जा अनुपात (NPL) ६२.९२ प्रतिशत पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो अनुपात ५३.८० प्रतिशत थियो। एक वर्षमै कम्पनीको खराब कर्जा थप ९.१२ प्रतिशत बिन्दुले बढेको छ।

यसको अर्थ कम्पनीले प्रवाह गरेको प्रत्येक १०० रुपैयाँ कर्जामध्ये झण्डै ६३ रुपैयाँ बराबरको कर्जा निष्क्रिय अवस्थामा पुगेको देखिन्छ।

त्यस्तै पोखरा फाइनान्सको एनपीएल १९.४२ प्रतिशत, नेपाल फाइनान्सको १३.७४ प्रतिशत, बेस्ट फाइनान्सको ९.७३ प्रतिशत, रिलायन्स फाइनान्सको ९.६७ प्रतिशत र सेन्ट्रल फाइनान्सको ९.१२ प्रतिशत रहेको छ।

यद्यपि पोखरा फाइनान्सले खराब कर्जामा उल्लेख्य सुधार गरेको छ। गत वर्ष ३८.११ प्रतिशत रहेको यसको एनपीएल यस वर्ष १९.४२ प्रतिशतमा झरेको छ।

यस्तै मल्टिपर्पस फाइनान्सको एनपीएल ६.९३ प्रतिशतबाट ३.६२ प्रतिशत, गुहेश्वरीको ८.०८ प्रतिशतबाट ५.७३ प्रतिशत र गुर्खाज फाइनान्सको ५.४४ प्रतिशतबाट ३.३५ प्रतिशतमा झरेको छ।

आईसीएफसी फाइनान्सको एनपीएल भने तुलनात्मक रूपमा सबैभन्दा कम १.९५ प्रतिशत रहेको छ।

Garima Development Bank
Bizshala
IME remit

ईपीएसमा गुर्खाज अगाडि रिलायन्स सबैभन्दा कमजोर

प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि कम्पनीहरूबीच ठूलो अन्तर देखिएको छ।

गुर्खाज फाइनान्सको प्रतिसेयर आम्दानी सबैभन्दा बढी ३१.०९ रुपैयाँ पुगेको छ। गत वर्ष यसको ईपीएस १९.५५ रुपैयाँ ऋणात्मक थियो।

गुडविल फाइनान्सको ईपीएस २६.७ रुपैयाँ र आईसीएफसी फाइनान्सको २३.५९ रुपैयाँ पुगेको छ।

अर्कोतर्फ रिलायन्स फाइनान्सको ईपीएस ४२.९० रुपैयाँ ऋणात्मक, प्रोग्रेसिभ फाइनान्सको २०.३५ रुपैयाँ ऋणात्मक र जानकी फाइनान्सको ४.९७ रुपैयाँ ऋणात्मक रहेको छ।

समग्र तथ्यांकले फाइनान्स कम्पनीहरूको नाफामा उल्लेख्य सुधार आएको देखाए पनि उच्च खराब कर्जा भएका कम्पनीहरूको जोखिम अझै गम्भीर रहेको संकेत गर्छ। 

 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.