काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २१ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा २० करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस आधारमा खुद नाफा करिब ८.५ प्रतिशतले बढेको हो।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ५९ करोड ३० लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ५३ करोड ३५ लाख रुपैयाँ थियो।
कम्पनीको खुद शुल्क तथा कमिसन आम्दानी ६ करोड ३६ लाख रुपैयाँ रहेको छ भने कुल सञ्चालन आम्दानी ६५ करोड ७३ लाख रुपैयाँ पुगेको छ।
संस्थाको सञ्चालन नाफा ३१ करोड ३२ लाख रुपैयाँ रहेको छ। गत वर्षको सोही अवधिमा सञ्चालन नाफा २८ करोड ८४ लाख रुपैयाँ थियो।
असोज मसान्तसम्म डिप्रोक्स लघुवित्तको कुल कर्जा तथा सापटी २ अर्ब ८५ करोड ६३ लाख रुपैयाँभन्दा बढी पुगेको छ भने ग्राहकबाट संकलित निक्षेप १ अर्ब ३४ करोड ८६ लाख रुपैयाँ रहेको छ।
संस्थाको चुक्तापुँजी २ अर्ब ५ करोड ५१ लाख रुपैयाँ रहेको छ। सञ्चित तथा जगेडा कोषसहित कुल इक्विटी ४ अर्ब ८५ करोड ५५ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ४२.८१ रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ २३६.२६ रुपैयाँ छ।
संस्थाको खराब कर्जा अनुपात ६.७० प्रतिशत रहेको छ। गत वर्षको सोही अवधिमा यस्तो अनुपात ८.७३ प्रतिशत थियो।
पहिलो त्रैमासको अन्त्यसम्म संस्थाको वितरणयोग्य नाफा १ अर्ब ६२ करोड ८६ लाख रुपैयाँ पुगेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।