आईतवार, असार १५,२०८२ 12:31:22
  • आईतवार, असार १५,२०८२ 12:31:22
Global IME Bank Limited

राष्ट्रिय वाणिज्य बैंकको सीईओ पदका लागि ५ जनाको नाम सर्टलिस्ट,को–को परे ?

Hyundai Nepal
राष्ट्रिय वाणिज्य बैंकको सीईओ पदका लागि ५ जनाको नाम सर्टलिस्ट,को–को परे ?
Nabil Bank Limited

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)पदका लागि  ५ जना उम्मेदवारहरु सर्टलिस्टमा परेका छन् । बैंकको सीईओ नियुक्तीका लागि सिफारिस गर्न गठित सीईओ नियुक्ती सिफारिस उप समितिको जेठ ६ गते बसेको बैठकले ५ जना उम्मेदवारको नाम सर्टलिस्ट गरेको हो ।  

सीईओ पदका लागि कृष्ण बहादुर अधिकारी,देवेन्द्र रमण खनाल,  प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी सर्टलिस्टमा परेका छन् । बैंकले गत वैशाख ७ गते रिक्त रहेको सीईओ पदका लागि दरखास्त आह्वान गरेको थियो । दरखास्त आवेदन दिएका आवेदकमध्येबाट उम्मेदवारको शैक्षिक योग्यता, कार्य अनुभव र व्यवसायिक कार्ययोजनाको मूल्यांकनमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने ५ जना उम्मेदवारलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि छनौट गरिएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

सर्टलिस्टमा परेका ५ जना उम्मेदवारहरूका लागि प्रस्तुतीकरण र अन्तरवार्ताको स्थान र मिति समेत तोकिएको छ । उम्मेदवारहरुको प्रस्तुतीकरण र अन्तरवार्ता आगामी जेठ ९ गते राष्ट्रिय वाणिज्य बैंकको कार्यालय सिंहदरबार प्लाजामा रहेको सञ्चालक समितिको कार्यालयमा हुनेछ । व्यवसायिक कार्ययोजना प्रस्तुतीकरणमा  उम्मेदवारले आवेदनको बखत प्रयोग गरेको पेनड्राइभ प्रयोग गर्नुपर्ने बैंकले जनाएको छ । प्रस्तुतीकरणको समय ३० मिनेटको हुनेछ ।  

५ जना उम्मेदवारहरुको कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताको मूल्यांकनको आधारमा  सञ्चालक समितिले एक जनालाई सीईओ नियुक्त गर्नेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.