काठमाण्डौ । विद्युतीय कम्पनी टिसीएलले सीइएस २०२४ मा ४० वटा भन्दा बढी अवार्ड प्राप्त गरेको छ ।
विश्वका शीर्ष ब्राण्डलाई प्रदान गरिने अवार्ड समारोह‘ग्लोबल टप ब्राण्ड अवार्ड सेरोमनी २०२३–२४ मा टीसीएलको ११५ इन्च क्युएम८९१ जी क्युडी मिनी एलईडी टिभीले ‘Innovative Display Technology Gold Award of the Year’ अवार्ड हात पारेको छ ।
यस्तै कम्पनीको टिसीएल स्मार्टफोन,ट्याबलेट,रे नियो एक्सटु लाइट एआर चस्मा र क्यूक्लास साउण्डबारलाई समेत अवार्ड प्रदान गरिएको छ। कम्पनीले ‘२०२३–२४ ग्लोबल सीई ब्राण्ड टप १०,२०२३–२४ ग्लोबल टिभी ब्राण्ड टप टेन र २०२३–२४ ग्लोबल सीई ब्राण्ड टप फिफ्टी अवार्ड हासिल गरेको छ ।
यसैगरी कम्पनीले अन्तराष्ट्रिय मिडिया आउटलेटबाट ‘वेष्ट अफ सीइएस २०२४’ अवार्ड प्राप्त गरेको छ । समारोहमा कम्पनीका अन्य उत्पादनहरुको प्रशंसा हुनुका साथै अवार्ड समेत हासिल गरेका थिए ।
टिसीएल विद्युतीय सामाग्री निर्माण कम्पनी हो ।
नेपालमा चौथरी ग्रुप अन्तर्गतको ईओएल प्राली टिसीएलको वितरक हो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                         
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                