शुक्रबार, मंसिर ४,२०८३ 03:29:00
  • शुक्रबार, मंसिर ४,२०८३ 03:29:00
Global IME Bank Limited

स्थानीय तहको निर्वाचन तयारीमा आयोगको सक्रियता तीव्र, आज राष्ट्रिय दलहरूसँग छलफल

Bizshala
स्थानीय तहको निर्वाचन तयारीमा आयोगको सक्रियता तीव्र, आज राष्ट्रिय दलहरूसँग छलफल
New Office

 

काठमाण्डौ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ। स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल सकिन लागेसँगै आयोगले निर्वाचनको मिति निर्धारण र आवश्यक पूर्वतयारीका विषयमा छलफल सुरु गर्न लागेको हो।

आयोगले आज शुक्रबार राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएको छ। बिहान ११ः३० बजे आयोगको कार्यालयमा हुने छलफलमा स्थानीय तथा प्रदेश तहको निर्वाचन तयारीका विभिन्न पक्षमा विचारविमर्श गरिनेछ।

CG Motors
Garima Development Bank
IME remit

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनको सम्भावित मिति, व्यवस्थापकीय तयारी तथा निर्वाचन सञ्चालनका लागि आवश्यक विषयमा दलहरूको सुझाव लिन छलफल आयोजना गरिएको हो।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई छलफलमा सहभागी हुन आमन्त्रण गरिएको छ।

स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल आगामी वैशाखमा समाप्त हुँदै छ। त्यसअघि नै नयाँ निर्वाचनको तयारीलाई व्यवस्थित बनाउन आयोगले राजनीतिक परामर्शलाई प्राथमिकता दिएको हो।

निर्वाचनको समयतालिका, आवश्यक स्रोतसाधन, प्रशासनिक व्यवस्थापन तथा अन्य प्राविधिक तयारीका विषयमा समेत दलहरूको धारणा संकलन गर्ने आयोगको योजना छ।

आयोगले पहिलो चरणमा राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गरेपछि निर्वाचन आयोगमा दर्ता भएका अन्य राजनीतिक दलहरूसँग पनि क्रमशः परामर्श गर्ने जनाएको छ।

यससँगै आगामी स्थानीय तहको निर्वाचनको मिति र तयारीबारे राजनीतिक तथा प्रशासनिक तहमा गतिविधि बढ्ने देखिएको छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.