शुक्रबार, मंसिर ४,२०८३ 03:29:00
  • शुक्रबार, मंसिर ४,२०८३ 03:29:00
Global IME Bank Limited

लगानीको वातावरण सुधार्न एकैपटक ६४ ऐन संशोधन गर्ने तयारी, अध्यादेशको मस्यौदा तयार

Bizshala
लगानीको वातावरण सुधार्न एकैपटक ६४ ऐन संशोधन गर्ने तयारी, अध्यादेशको मस्यौदा तयार
New Office

 

काठमाण्डौ । सरकारले मुलुकमा लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको लगानी आकर्षण तथा पूर्वाधार विकासलाई गति दिने उद्देश्यसहित एकैपटक ६४ वटा ऐन संशोधन गर्ने तयारी गरेको छ।

लगानी तथा व्यवसाय सञ्चालनमा देखिएका कानुनी जटिलता हटाउन सरकारले ‘लगानी तथा पूर्वाधारसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ को मस्यौदा तयार पारेको हो।

सरकारले उद्योग तथा व्यवसायको स्थापना, सञ्चालन र विस्तारदेखि ठूला पूर्वाधार आयोजनाको तयारी तथा कार्यान्वयनसम्मका प्रक्रियालाई सहज बनाउने गरी विद्यमान कानुनी व्यवस्थामा परिवर्तन गर्न लागेको छ।

विशेषगरी लगानी स्वीकृति, वित्तीय स्रोत परिचालन, प्रशासनिक प्रक्रिया सरलीकरण र नियामक निकायहरूबीचको समन्वयलाई प्रभावकारी बनाउने विषय संशोधनको प्राथमिकतामा परेका छन्।

CG Motors
Garima Development Bank
IME remit

अध्यादेशमार्फत सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५, औद्योगिक व्यवसाय ऐन, २०७६, कम्पनी ऐन, औषधि ऐन, जलस्रोत ऐन तथा नेपाल विद्युत् प्राधिकरण ऐनलगायतका महत्त्वपूर्ण कानुन संशोधन गर्ने तयारी छ।

त्यसैगरी जग्गाप्राप्ति ऐन, भूउपयोग ऐन, मालपोत ऐन, जग्गासम्बन्धी ऐन तथा सवारी तथा यातायात व्यवस्था ऐनमा समेत आवश्यक परिवर्तन प्रस्ताव गरिएको छ।

नेपालमा लगानीकर्ताले उद्योग स्थापना तथा विस्तारका क्रममा जग्गा प्राप्ति, सरकारी स्वीकृति, नियामकीय प्रक्रिया र पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न झन्झट बेहोर्नुपरेको गुनासो गर्दै आएका छन्।

निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका यिनै कानुनी तथा प्रक्रियागत सुधारका मागलाई सम्बोधन गर्ने उद्देश्यले सरकारले अध्यादेशको बाटो रोज्न लागेको हो।

प्रस्तावित संशोधनले लगानी स्वीकृति तथा आयोजना कार्यान्वयनको प्रक्रिया छोट्याउन, सरकारी निकायहरूबीचको दोहोरोपन हटाउन र व्यवसाय सञ्चालनलाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यद्यपि, अध्यादेशको मस्यौदा तयार हुँदैमा प्रस्तावित व्यवस्था तत्काल कार्यान्वयनमा आउने भने होइन। आवश्यक स्वीकृति र संवैधानिक प्रक्रिया पूरा भएपछि मात्रै नयाँ कानुनी प्रावधान लागू हुनेछन्।

एकैपटक ठूलो संख्यामा ऐन संशोधन गर्ने सरकारी तयारीलाई लगानी तथा पूर्वाधार क्षेत्रको व्यापक कानुनी सुधारको प्रयासका रूपमा हेरिएको छ। तर प्रस्तावित सुधारले निजी क्षेत्रले भोग्दै आएका व्यावहारिक समस्या कति सम्बोधन गर्छन् भन्ने विषय अध्यादेशको अन्तिम स्वरूप र कार्यान्वयनमा निर्भर रहनेछ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.