आईतवार, भाद्र २३,२०८१ 07:32:20
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:32:20
IME remit
Global IME Bank Limited

मुद्रण उद्योग संघ कास्कीले गर्‍यो ११५ जना कामदारको निःशुल्क जीवन बीमा

Hyundai Nepal
मुद्रण उद्योग संघ कास्कीले गर्‍यो ११५ जना कामदारको निःशुल्क जीवन बीमा
Nabil Bank Limited

काठमाण्डौ । मुद्रण उद्योग संघ कास्कीले मुद्रण व्यवसायमा आवद्ध कामदारहरुको निःशुल्क बीमा गराएको छ । संघले बिहिबार आयोजित एक कार्यक्रमका बीच कामदारहरुको निःशुल्क बीमा गराएको हो ।  

लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स गण्डकी र लुम्बीनी प्रदेशका प्रमुख शिव पौड्याल र मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणी बास्तोलाले बीमा सम्झौतामा हस्ताक्षर गरेका थिए ।

प्रमुख शिव पौड्यालले बीमा सम्झौतामा दुर्घटना उपचार खर्च वार्षिक २० हजार, मृत्यु भएमा १ लाख र दुर्घटना भइ मृत्यु भएमा थप ५० हजार र अपांग (पूर्ण अशक्त) भएमा  ५० हजार को लाभ लिन सकिने जानकारी गराए ।  

उनले कार्यक्रममा बोल्दै बीमा गर्नु खर्च नभई लगानी भएको जानकारी गराएका थिए । जीवन सहजीकरण, सुख दुखमा साथ दिने भनेको बीमा रहेको बताउदै उनले मानिसको अत्यावश्यक चिजहरु मध्ये बीमा पनि एक भएको उल्लेख गरे । प्रमुख पौड्यालले मानिसको मृत्यु भएपछि वा अपाङ्ग हुँदा वा विरामी हुँदा लगायत अन्य दुःखमा परिवारलाई हुन सक्ने आर्थिक समस्यालाई केही भएपनि मलम लगाउने काम बीमाले गर्ने बताए ।  

मुद्रण उद्योग संघ कास्की अध्यक्ष चिन्तामणी बास्तोलाले पोखरामा १ सय भन्दा बढी छापाखाना व्यवसायीहरु भएको र करिब ८ सय जना मजदुरहरु रहेको जानकारी गराउँदै जोखिम न्युनिकरणको लागि बीमा गरिएको जानकारी गराए । उनले हाल १ सय १५ जनाको बीमा गराइएको र छिट्टै नै सम्पूर्ण मजदुरहरुको निःशुल्क बीमा गराइने बताए ।  

अध्यक्ष बास्तोलाका अनुसार बीमाको लागतमा ५० प्रतिशत व्यवसायीक प्रतिष्ठानले र ५० प्रतिशत रकम मुद्रण उद्योग संघ कास्कीले व्यहोर्ने गरी जीवन बीमा गरिएको बताए ।  

कार्यक्रममा मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशका अध्यक्ष बसन्त बास्तोलाले स्वागत मन्तव्य, नेपाल मुद्रण उद्योग महासंघ केन्द्रका निवर्तमान उपाध्यक्ष पदम लाल श्रेष्ठले शुभकामना मन्तव्य र कोषाध्यक्ष कोपिला श्रेष्ठले दुर्घटना र जीवन बीमाकोे अनुभावका बारेमा जानकारी गराइएकी थिइन् । भने दुर्घटना विमा संयोजक तथा मुद्रण उद्योग संघ कास्कीका बरिष्ठ उपाध्यक्ष दिनेशचन्द्र बास्तोलाले विमा सम्झौता पढेर सबैलाई सुनाएका थिए ।  

कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष तिवारीले मुद्रण उद्योग व्यवसायमा राज्यले कुनै मुल्य र दररेट नतोक्दा पनि व्यवसायीहरु आफैमा प्रतिस्पर्धा हुँदा व्यवसाय नै धरासयमा पुगेको बताए । ‘हामी हाम्रो उत्पादनको मुल्य आफै तोक्छौ, राज्य नै कुनै अंकुश लगाएको छैन तरपनि व्यवसाय सफल बन्न सकेको छैन र दुःखी बन्छौ । कारण हामी उचित मुल्य लिन सकेका छैनौ । हामी र हाम्रो व्यवसायलाई सफल बनाउन मुल्यमा प्रतिस्पर्धा होइन स्तरीय काममा ध्यान दिनुपर्छ र हामी बिचको हार्दिकतालाई अलि व्यापक बनाऔं ।’ उनले भने ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले राज्यका विभिन्न निकायहरुले मुद्रण व्यवासीहरुको घाटी थिच्ने काम गरेको आरोप लगाएका छन् । राज्यका विभिन्न निकायले काम नदिने र जिटुजीको माध्यमबाट जाने गर्दा प्रत्यक्ष व्यवसायीहरु मारमा परेको उनले बताए । उनले कुनैपनि हालतमा अब मुद्रण उद्योग महासंघ चुप लागेर नबस्ने जानकारी गराए ।

अध्यक्ष तिवारीले जनक शिक्षाले राज्यबाट अरबौं रकम अनुदान लिए पनि उल्लेख्य काम गर्न नसकेको  आरोप लगाए । ‘जन शिक्षाले हरेक वर्ष अरबौंं रुपैयाँ अनुदान लिन्छ, सरकारी जमिनमा आवास र व्यवसाय सञ्चालन गरेको छ । सरकारबाटै तलब भत्ता खुवाउछ र घाटामा गयो भन्छ । पहिलो चोटी होला अघिल्लो वर्ष ५० करोड जति नाफा भयो भनेर प्रतिवेदन बुझाएको जानकारी आएको थिया’,उनले भने, ‘व्यवसायीको दुश्मन राज्य बन्न खोजेको भन्दै राज्यले किताब, लेटर प्याड छापेर प्राइभेट व्यवसायीहरुलाई पलायन बनाउन खोज्यो । राज्यले सेक्युरिटी प्रेस सञ्चालन गर्ने हो, खुद्रा काम गर्ने होइन । ’

मुद्रण उद्योग महासंघ गण्डकी प्रदेश र कास्की जिल्लाले साधारण सभा अधिवेशन, विविध कार्यक्रम नियमित हुने गरेको र नयाँ–नयाँ कार्यक्रमको अभियान ल्याउनेमा अगुवाई गर्दै आएको जानकारी पाउँदा आफु खुसी रहेको बताउँदै केन्द्रीय अध्यक्ष तिवारीले प्रशंसा गरेका थिए ।  

मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणी बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रम महासचिव पदम श्रेष्ठले सञ्चालन गरेका थिए ।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X