मंगलवार, श्रावण १९,२०८३ 02:03:10
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 02:03:10
Bizshala
Global IME Bank Limited

एशियन लाइफद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

एशियन लाइफद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
New Office

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको छ ।  

कम्पनीको माघ १२ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको  १८८ औं बैठकले आर्थिक वर्ष २०७९-८० को सञ्चित मुनाफाबाट  ७.७५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी ३ अर्ब १५ करोड रहेको छ । कम्पनीले चुक्तापूँजीको ७.७५ प्रतिशतले हुन आउने २४ करोड ४५ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि १ करोड २८ लाख बराबर नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  

लाभांश प्रस्तावसहित आर्थिक वर्ष २०७९-८० को नाफा नोक्सान हिसाब तथा वित्तीय विवरण नेपाल बीमा प्राधिकरणमा स्वीकृतिका लागि पेश गरिने बताइएको छ । 

प्राधिकरणबाट प्रस्तावित लाभांश स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।  

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.