बिहीबार, असार १२,२०८२ 03:58:05
  • बिहीबार, असार १२,२०८२ 03:58:05
Global IME Bank Limited

हिमालयन रि र नेपाल रि इन्स्योरेन्सको पूँजी बढाउने तयारीमा प्राधिकरण, कति बढ्ला ?

Hyundai Nepal
हिमालयन रि र नेपाल रि इन्स्योरेन्सको पूँजी बढाउने तयारीमा प्राधिकरण, कति बढ्ला ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले दुई स्वदेशी पुनर्बीमा कम्पनीको चुक्तापुँजी बृद्धि गर्ने तयारी गरेको छ ।  

प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्सको हालको पूँजीले जोखिम भार थेग्न नसक्ने बताउँदै स्वधारण क्षमता वृद्धिको लागि पूँजी बढाउन आवश्यक रहेको जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

नेपाल रि र हिमालयन रि इन्स्योरेन्सको बढ्दो कारोबार र जोखिमको बढ्दो आकारसँगै चुक्तापूँजी समेत वृद्धि गर्नुपर्ने बीमा प्राधिकरणका उप–निर्देशक शाम्भराज लामिछानेले बताए ।  

‘जीवन र निर्जीवन बीमा कम्पनीको पूँजी बढेसँगै पुनर्बीमा कम्पनीहरुको पनि पूँजी बढाउनुपर्ने आवश्यक देखिएको छ’ उनले भने, ‘दुई पुनर्बीमा कम्पनीको स्वजोखिम भार घटाउन न्यूनतम चुक्तापूँजी वृद्धि गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन तयार भइसकेको छ । यसबारे आगामी बोर्ड बैठकबाट अन्तिम निर्णय हुनेछ ।’  

साथै हाल पुनर्बीमा कम्पनीहरुको पुनर्बीमा कारोबार र जोखिमको आकारअनुसार चुक्तापूँजी दोब्बर बढाउनुपर्ने आवश्यक रहेको उनले बताए ।  

हाल नेपाल पुनर्बीमा कम्पनीको चुक्तापूँजी १२ अर्ब ३१ करोड रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको चुक्तापूँजी आईपीओपश्चात् १० अर्ब रुपैयाँ छ । दुबै कम्पनीको पूँजी दोब्बरले वृद्धि गर्नुपर्ने भएमा हिमालयन रि र नेपाल रि को पूँजी २० अर्ब भन्दा बढी पुग्नेछ ।  

केही समयअघि प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले पनि एक सार्वजनिक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीहरुको पूँजी बढाउन आवश्यक रहेको बताएका थिए ।  

लाइफ र नन–लाइफ इन्स्योरेन्सले जस्तै पुनर्बीमा कम्पनीहरुले पनि रिक्स वेसको आधारमा पूँजी बढाउनुपर्ने भएकाले पूँजी वृद्धिको निर्णयमा प्राधिकरण धेरै चाँडो अगाडी पुग्ने सिलवालको भनाई छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.