काठमाण्डौ । भारतको जम्मू–कश्मीरस्थित गुलमर्गमा सोमबार केबुलकार सेवामा प्राविधिक समस्या आएपछि सयौँ पर्यटक बीचमै फसेका छन्। घटनापछि तत्काल उद्धार तथा राहत कार्य सुरु गरिएको अधिकारीहरूले बताएका छन्।
समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया(पीटीआई) का अनुसार, गुलमर्ग गन्डोलाको सबैभन्दा ठूलो केबुलकारमा प्राविधिक खराबी आएपछि सेवा प्रभावित भएको हो।
जम्मू–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाको कार्यालयले जारी गरेको विज्ञप्तिमा सबै केबिन सुरक्षित रहेको र प्रशिक्षित उद्धार टोलीहरू स्थलमै सक्रिय रूपमा काम गरिरहेको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘स्थिति पूर्ण रूपमा नियन्त्रणमा छ। फसेका सबै पर्यटकलाई सुरक्षित रूपमा बाहिर निकाल्ने कार्य भइरहेको छ र घबराउने कुनै कारण छैन।’
अधिकारीहरूले जनाए अनुसार हाल उद्धार कार्य तीव्र गतिमा जारी छ र सबै पर्यटकलाई सुरक्षित रूपमा निकाल्ने प्रयास भइरहेको छ।

