बुधबार, माघ २३,२०८१ 12:17:50
IME remit
  • बुधबार, माघ २३,२०८१ 12:17:50
IME remit
Global IME Bank Limited

१० महिनामा वाणिज्य बैंकका लगानीकर्ताले १२.३३% सम्म गुमाए, अन्य समूहका लगानीकर्ता प्रफिटमा

Hyundai Nepal
१० महिनामा वाणिज्य बैंकका लगानीकर्ताले १२.३३% सम्म गुमाए, अन्य समूहका लगानीकर्ता प्रफिटमा
Nabil Bank Limited

काठमाण्डौ । वाणिज्य बैंकका लगानीकर्ताले चालु आर्थिक वर्षको १० महिनासम्म १२.३३ प्रतिशतसम्म लगानी गुमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको १० महिनासम्मको तथ्याङ्कले यस्तो देखााएको हो । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा १३ वटा समूहका कम्पनीहरु सूचीकृत छन् । चालु आवको १० महिनासम्म वाणिज्य बैंकबाहेक सबै समूहका लगानीकर्ताहरुले कमाएका छन् । 

गत वर्षको १० महिनासम्म १२०५.५० विन्दुमा रहेको वाणिज्य बैंक इन्डेक्स यस वर्षको यस अवधिसम्म १२.३३ प्रतिशतले घटेर १०५६.८८ विन्दुमा कायम हुन पुगेको छ । पछिल्लो समय दोस्रो बजारमा वाणिज्य बैंकका सेयरहरु माथि उक्लिन नसक्दा इन्डेक्स गत वर्षको तुलनामा घट्न पुगेको हो । नेप्सेमा सूचीकृत वाणिज्य बैंकहरुमध्ये आधा भन्दा बढी बैंकको सेयरभाउ अंकित मूल्यकै हाराहारीमा छ । पछिल्लो केही वर्षयता कमर्सियल बैंकहरुले लाभांशदर घटाउँदै जानु सेयरमूल्य माथि उक्लिन नसक्नु मुख्य कारण हो । 

बजार जानकारहरुका अनुसार दोस्रो बजारमा लार्ज क्याप भएका कम्पनी भन्दा लो क्याप भएका कम्पनीमा लगानीकर्ताहरु बढी आकर्षित छन् । जसअनुसार सेयर बजारमा बाणिज्य बैंकको सेयरप्रति लगानीकर्ता आकर्षित हुन नसक्दा सेयरभाउ पनि झनै सस्तिदै गएको अवस्था छ । लाभांश वितरण गर्ने बैंकहरुमा पनि बोनस भन्दा बढी नगदमै केन्द्रित छन् । पछिल्लो समय पुँजीबजारमा अल्पकालीन लगानीकर्ता हावी छन् । राम्रै लाभांश दिन सक्ने क्यापासिटी भएका बैंकहरुमा समेत लगानीकर्ता आकर्षित देखिदैनन् ।

बजारमा नाम चलेका वा चर्चामा आएका लो क्याप भएका कम्पनीहरुमा नै लगानीकर्ता झुम्मिने प्रवृत्तिले वाणिज्य बैंकको सेयरभाउ सस्तिंदै गएको अवस्था छ । यसका साथै तेस्रो त्रैमासिक रिपोर्टमा समेत वाणिज्य बैंकहरु खासै राम्रो नदेखिएकाले यसको प्रत्यक्ष असर बैंकको सेयरमूल्यमा पर्न गएको छ । घट्दो सेयरभाउका कारण वाणिज्य बैंक इन्डेक्स समेत गत वर्षको तुलनामा घट्न पुगेको हो । नेप्सेमा रहेका १३ उपसूचकमध्ये सर्वाधिक होटल तथा पर्यटन उपसूचक गत वर्षको तुलनामा बृद्धि भएको छ । 

यसर्थ होटल समूहका लगानीकर्ताले यस वर्ष सर्वाधिक कमाएका छन् । गत वर्षको वैशाखसम्म ३४०३.१७ विन्दुमा रहेको होटल उपसूचक यस वर्षको वैशाख मसान्तसम्म ५११४.९९ विन्दुमा पुगेको छ । नेप्सेमा ४ वटा होटल र दुईवटा पर्यटन समूहका कम्पनी सूचीकृत छन् । त्यस्तै, उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ता पनि ४६.६८ प्रतिशतसम्म नाफा बुक गरेका छन् । गत वर्षको वैशाखसम्म ४३२६.६६ विन्दुमा रहेको उत्पादन तथा प्रशोधन समूह यस वर्षको वैशाखसम्म ६३४६.३८ विन्दुमा पुगेको छ । 

Bizshala
CG Motors
Sagarmatha Cement

यसका साथै फाइनान्स समूह ४१.३३ प्रतिशत, म्युचुअल फण्ड समु्ह ३४.७९ प्रतिशत, व्यापार समूह ३४.७३ प्रतिशत, लघुवित्त समूह ३२.०५ प्रतिशत, निर्जीवन बीमा समूह ३०.१५ प्रतिशत, विकास बैंक समूह २२.३५ प्रतिशत, लगानी समूह १८.६२ प्रतिशत, अन्य समूह २१.६३ प्रतिशत, जीवन बीमा समूह ७.८८ प्रतिशत र हाइड्रोपावर समूह ५.८३ प्रतिशतले बृद्धि भएको छ । 

‘धितोपत्र बजार पुँजीकरणमा समेत कमजोर बन्दै वाणिज्य बैंक’ 

धितोपत्र बजार पुँजीकरणमा समेत हिस्सा थप्न वाणिज्य बैंकहरु कमजोर देखिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको धितोपत्र बजार पुँजीकरण हिस्सा गत वर्षको तुलनामा १२.३३ प्रतिशतले घट्न पुगेको छ । गत वर्षको वैशाखसम्म वाणिज्य बैंकको धितोपत्र बजार पुँजीकरण ९ खर्ब ३० अर्ब ८६ लाख रुपैयाँ रहेकोमा यस वर्षको वैशाखसम्म ८ खर्ब १६ अर्ब १० करोड रुपैयाँ कायम भएको छ ।

वाणिज्य बैंकहरुले पछिल्लो समय लाभांशदर बढाउन नसक्नु र सेयरभाउ समेत सस्तिदै जानुले पनि बैंकहरुको पूँजीकरण हिस्सा बढ्न सकिरहेको छैन । यस वर्ष अधिकांश वाणिज्य बैंकहरुले बोनस भन्दा नगदमा जोड दिएका थिए । केही बैंकहरुले सेयरधनीहरुको हात रित्तो समेत बनाएका थिए । बोनस सेयर सूचीकृत हुँदा कम्पनीहरुको धितोपत्र बजार पुँजीकरण हिस्सा बढ्न जान्छ, तर बैंकहरुले यो वर्ष बोनस कम र नगदमा पनि जोड दिदां धितोपत्र बजार पुँजीकरणमै हिस्सा घट्न पुगेको हो ।

त्यस्तै, अन्य समूहको भने यस्तो हिस्सा गत वर्षको तुलनामा बढ्न पुगेको छ । सर्वाधिक उत्पादन तथा प्रशोधन समूहको बजार पुँजीकरण हिस्सा १०५.१४ प्रतिशतले बृद्धि भएको छ । गत वर्ष यो समूहको धितोपत्र बजार पुँजीकरण १ खर्ब ४ अर्ब रहेकोमा यस वर्षको यस अवधिसम्म २ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । यसका साथै विकास बैंक समूहको २२.२६ प्रतिशत, फाइनान्स समूहको ४१.७० प्रतिशत, माइक्रोफाइनान्स समूहको ३०.६८ प्रतिशत, इन्स्योरेन्स समूहको ३७.०३ प्रतिशत, होटल समूहको ५४.४७ प्रतिशत, व्यापार समूहको ३४.७२ प्रतिशत, व्यापार समूहको ४३.७२ प्रतिशत, लगानी समूहको २४.३० प्रतिशत, हाइड्रोपावर समूहको २४.१२ प्रतिशत र अन्य समूहको ४०.५९ प्रतिशतले धितोपत्र बजार पुँजीकरण बृद्धि भएको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.