काठमाण्डौ । लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पङ्कज जालान नेपाल चेम्बर अफ कमर्सको स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापति चयन भएका छन् । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले फाउण्डेसनका अध्यक्ष जालानलाई उद्यमशीलता एवं नवप्रवर्द्धन हेर्ने गरी स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापति चयन गरेका हुन् ।
जालान चेम्बर अफ कमर्सको कार्यकारी सदस्य समेत छन् । लर्डबुद्ध एजुकेशन फाउण्डेशनले सूचना प्रविधिको विकासमार्फत युवा उद्यमशीलता प्रवर्द्धन गर्दै आएको छ । सूचना प्रविधिको क्षेत्रमा पहिलो शैक्षिक संस्था लर्डबुद्ध एजुकेशन फाउण्डेशनले पढ्दै कमाउँद नीतिलाई अङ्गीकार समेत गर्दै आएको छ ।
यस्तै, स्नातक र स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिप समेत प्रदान गर्दै आएको फाउण्डेशनले विभिन्न क्षेत्रमा पनि रोजगारी समेत उपलब्ध गराउँदै आएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .png) 
                                         
                                         
                                         
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                