बुधबार, असार ४,२०८२ 08:38:03
  • बुधबार, असार ४,२०८२ 08:38:03
Global IME Bank Limited

वेस्टमिन्स्टर कलेजमा पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरुको भ्रमण

Hyundai Nepal
वेस्टमिन्स्टर कलेजमा पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरुको भ्रमण
Nabil Bank Limited

काठमाण्डौ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द वेस्टमिन्स्टर कलेजमा पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरुले भ्रमण गरेका छन् । बेलायतस्थित युनिभर्सिटी अफ वेस्टमिन्स्टरको सम्वन्धनमा ललितपुरको कुपण्डोलमा सञ्चालित वेस्टमिन्स्टर कलेजमा गत साता प्रतिनिधिहरुले भ्रमण गरेका हुन् ।

वार्षिक रुपमा हुने कलेजको गुणस्तर परीक्षणको प्रकृयाअन्तर्गत प्रतिनिधिहरूले कलेजको शैक्षिकस्तरको समीक्षा गर्न सबै विभागका प्रमुख तथा विद्यार्थीहरुसँग छुट्टाछुट्टै छलफल तथा अन्तक्रिया गरि शैक्षिक शत्र सञ्चालन सफलतापूर्वक सम्पन्न भएकोमा प्रशंसा गरे । बिभिन्न चरणका छलफलहरूमा विद्यार्थी आदानप्रदान कार्यक्रमहरू, भविष्यका योजनाहरू, बेलायत र नेपालका विद्यार्थीहरुबीच सम्वन्ध विस्तार, पाठ्यक्रमको प्रस्तुतिकरण, र मूल्यांकनहरु सहितका विषयहरू उठेको थियो । प्रतिनिधिहरुले विभाग प्रमुख तथा विद्यार्थीहरुबाट प्राप्त प्रतिक्रियाहरु पनि संकलन गरेको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

वेस्टमिन्स्टर कलेजले वेस्टमिन्स्टर युनिभर्सिटीले निर्धारण गरेको शैक्षिक मापदण्ड तथा नियमहरू पालना गर्दै आएको छ । यसै सन्दर्भमा, प्रतिनिधिहरुले‘प्रोग्रेशनएण्ड अवार्ड बोर्ड’ पनि सम्पन्न गरेको छ ।  

वेस्टमिन्स्टर युनिभर्सिटीका प्रतिनिधिहरूलाई कलेजमा फेरि स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै कलेज प्रमुख अरुणलाल जोशीले भने, ‘वेस्टमिन्स्टर युनिभर्सिटीले हामीलाई गरेको निरन्तर सहयोग र उपलब्ध गराएको अमूल्य स्रोतहरूको लागि हामी हृदयदेखि नै आभारी छौं । साथै, आगामी वर्षहरुमा यो साझेदारीलाई अझ बलियो बनाउन र पारस्परिक वृद्धिलाई बढावा दिन हामी तत्पर छौं ।’

वेस्टमिन्स्टर कलेजले न्यूनतम शुल्कमा चार वर्षे बीएससी (अनर्स) कम्प्युटर साइन्स र बीएससी (अनर्स) साइबर सेक्युरिटी एण्ड फरेन्सिक्स विषयको पढाई सञ्चालन गर्दै आइरहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.