काठमाण्डौ । आज १० औं अन्तर्राष्ट्रिय योग दिवस नेपालसहित विश्वभर मनाइँदैछ। ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ आज नेपालमा १० औं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।
अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । नेपालमा भने यो वर्ष ‘महिला सशक्तीकरणका लागि योग’ भन्ने नारा का साथ योग दिवस मनाइदैंछ ।
अन्तर्राष्ट्रिय योग दिवस सन् २०१५ जुन २१ देखि मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा यसको निर्णय गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।
मोदीको उक्त प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेका थिए । त्यसपश्चात युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेपछि अन्तराष्ट्रिय रुपमा योग दिवस मनाउन थालिएको हो ।