काठमाडौं । नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी १५ कात्तिकदेखि सडक उपभोग दस्तुर लिइने भएको छ।
नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाका अनुसार सवारीसाधनको वर्ग र काठमाडौँ प्रवेश तथा बाहिरिने दिशाअनुसार फरक–फरक शुल्क निर्धारण गरिएको छ।
निर्धारित दरअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबसलगायत हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।
मिनी बस तथा मिनी टिपररट्रकका लागि प्रवेशमा ११५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ। बस तथा ट्रकले प्रवेशमा २६० र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ।
त्यस्तै, मल्टी एक्सल ट्रक तथा भारी उपकरणले काठमाडौँ प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।
सडक बोर्ड नेपालको कार्यकारी समितिको १२ असोजको निर्णय र नेपाल राजपत्रमा २६ चैत २०८२ मा प्रकाशित सूचनाअनुसार शुल्क निर्धारण गरिएको आयोजनाले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।