काठमाडौं । भारतको नरेन्द्र मोदी नेतृत्वको मन्त्रिपरिषद्ले केन्द्रीय कर्मचारीको महँगी भत्ता (डीए) र पेन्सनभोगीको महँगी राहत (डीआर) ३ प्रतिशतले बढाउने निर्णय गरेको छ। बुधबार गरिएको यो निर्णय दीपावलीअघि केन्द्रीय कर्मचारी र पेन्सनभोगीका लागि राहतका रूपमा आएको हो।
महँगी भत्ता ६३ प्रतिशत पुग्यो
भत्ता वृद्धिसँगै केन्द्रीय कर्मचारी र पेन्सनभोगीले पाउने महँगी भत्ता तथा महँगी राहतको दर ६३ प्रतिशत पुगेको छ। यस निर्णयले सरकारमाथि १० हजार १६ करोड भारतीय रुपैयाँ बराबरको अतिरिक्त आर्थिक भार पर्नेछ।
नयाँ वृद्धि सन् २०२६ जुलाई १ देखि लागू हुने जनाइएको छ।
चार महिनाको बक्यौता पनि पाइने
जुलाईदेखि अक्टोबरसम्मको चार महिनाको बक्यौता रकम अक्टोबर महिनाको तलबसँगै कर्मचारी र पेन्सनभोगीलाई एकमुष्ट उपलब्ध गराइनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।