बिहीबार, आश्विन २९,२०८३ 01:16:04
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 01:16:04
Bizshala
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.१.३३ खर्ब प्रिमियम, व्यवसाय बढाउन एशियन लाइफ अब्बल

Bizshala
जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.१.३३ खर्ब प्रिमियम, व्यवसाय बढाउन एशियन लाइफ अब्बल
New Office

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको व्यवसायमा सामान्य सुधार देखिएको छ । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको व्यापार गत आवको तुलनामा ७.२९ प्रशितले बृद्धि हुन पुगेको छ ।  

नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको जेठ महिनासम्मममा १ खर्ब ३३ अर्ब ६२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यो व्यवसाय गत आवको तुलनामा सामान्य मात्रै बृद्धि हो ।  

गत आवको सोही अवधिसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब २४ अर्ब ५४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।  

१४ मध्ये सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी र सन नेपाल लाइफ बाहेक सबै कम्पनीले गत आवको तुलनामा व्यवसाय बृद्धि गरेका छन् ।  

जेठ मसान्तसम्ममा सर्वाधिक नेपाल लाइफ इन्स्योरेन्सले ३५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले एक्लैले कुल व्यवसायको २६.६१ प्रतिशत व्यवसाय भित्र्याउन सफल भएको छ ।  

त्यस्तै, दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले १५ अर्ब ९८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । नेशनललाई पच्छ्याउँदै एलआइसी नेपालले पनि १५ अर्ब ८९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।  

यसका साथै हिमालयन लाइफले १४ अर्ब ६४ करोड, सुर्यज्योति लाइफले ८ अर्ब ६८ लाख, एशियन लाइफले ७ अर्ब २ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ९५ करोड, सानिमा रिलायन्स लाइफले ५ अर्ब ३२ करोड, सिटिजन लाइफले ५ अर्ब २९ करोड, मेट लाइफले ५ अर्ब ८ करोड, आइएमई लाइफले ४ अर्ब ४ करोड, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ७१ करोड, रिलायबल नेपाल लाइफले ३ अर्ब ६९ करोड र सन नेपाल लाइफले ३ अर्ब ३९ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कुनको कति बढ्यो व्यवसाय ?

गत आवको तुलनामा १२ कम्पनीले व्यवसाय बढाएका छन् भने दुई कम्पनीको व्यवसाय खस्किएको छ ।  

सर्वाधिक व्यवसाय बढाउनेमा एशियन लाइफ रहेको छ । कम्पनीले १४.९७ प्रतिशतले व्यवसाय बढाएको छ । गत आवको जेठ महिनासम्म ६ अर्ब ११ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको यस कम्पनीले चालु आवको जेठ महिनासम्ममा ७ अर्ब २ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।  

त्यस्तै, प्रभु महालक्ष्मी लाइफले पनि १३.७३ प्रतिशतले व्यवसाय बढाएको छ । कम्पनीले गत वर्ष ३ अर्ब २७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेकोमा यस अवधिसम्म ३ अर्ब ७१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।  

त्यस्तै, आइएमई लाइफले १३.६५ प्रतिशत, नेशनल लाइफले १३.५७ प्रतिशत, रिलायबल नेपाल लाइफले १२.३१ प्रतिशत, हिमालयन लाइफले ११.५१ प्रतिशत, नेपाल लाइफले ९.८८ प्रतिशत, सानिमा रिलायन्स लाइफले ९.५४ प्रतिशत, सिटिजन लाइफले ९.३४ प्रतिशत, सुर्यज्योति लाइफले ६.८४ प्रतिशत, मेट लाइफले ६.५२ प्रतिशत र एलआइसी नेपालले २.६५ प्रतिशतले व्यवसाय बढाएको छ ।  

यता राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय भने २४.२८ प्रतिशतले खस्किएको छ । गत वर्ष कम्पनीले ७ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा यस वर्षको सो अवधिसम्म जम्मा ५ अर्ब ९५ करोड रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेको छ ।  

यसका साथै सन नेपाल लाइफको व्यवसायमा पनि सामान्य गिरावट देखिएको छ । गत वर्ष ३ अर्ब ४२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको यस कम्पनीले यस अवधिसम्म ३ अर्ब ३९ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । कम्पनीको व्यवसाय ०.९० प्रतिशतले घटेको हो ।

 

 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.