आईतवार, भाद्र २३,२०८१ 07:31:31
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:31:31
IME remit
Global IME Bank Limited

नेपालमा केईको इलेक्ट्रीक मोडल एक्स–३ प्रोको बुकिङ खुला, सुरुवाति मूल्य कति ?

Hyundai Nepal
नेपालमा केईको इलेक्ट्रीक मोडल एक्स–३ प्रोको बुकिङ खुला, सुरुवाति मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । केई मोटर्सको आधिकारीक बितरक लक्ष्मी ई–मोविलिटी प्राइभेट लिमिटेडले केईको इलेक्ट्रीक एसयूभी एक्स–३ प्रोको बुकिङ खुला गरेको छ । कम्पनीले काठमाण्डौको भाट भटेनीमा सुविधा सम्पन्न शोरुम निर्माण गरेर सञ्चालनमा ल्याएसँगै बुकिङ खुला गरेको हो । सुरुमा एक्स–थ्रीप्रो मोडलका दुई भेरियन्टको बुकिङ खुला गरिएको छ ।

 अहिले केर्ई एक्स–३ प्रोको डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध हुनेछ । डिलक्स भेरिएन्टको सुरुवाति मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहनेछ ।

 कटिङ एज टेक्नोलोजी, स्लीक डिजाइन र उत्कृष्ट पर्फमेन्स दिनसक्ने एक्स–३ प्रो मोडल कम्प्याक्ट एसयूभी सेग्मेन्टमा शान्दार मोडल बन्ने कम्पनीले विश्वास लिएको छ । यसमा ५३.६ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम छ ।

 सीएलटीसीका अनुसार यसले सिंगल चार्जमा ४०१ किलोमिटर रेन्ज दिनेछ । यसलाई ७ किलोवाट क्षमताको एसी चार्जरले ८ घन्टामा फुलचार्ज गर्न सकिन्छ । साथै, १०० किलोवाटसम्मको चार्जर सपोर्ट गर्ने एसयूभीलाई ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने एक्स–३ प्रो मोडलको लम्बाई ४ हजार ४०० मिलिमिटर, चौडाई १ हजार ८३१ मिलिमिटर र उचाई १ हजार ६५३ मिलिमिटर रहेको छ । ५ सिट क्षमताको एसयूभीमा २ हजार ६३२ एमएमलामो ह्वीलवेस रहनेछ ।  

यसको अगाडि म्याकफेर्सनको इन्डिपेन्डेन्ट सस्पेन्स प्रयोग भएको छ । पछाडि भने मल्टी लिङ्क इन्डिपेन्डेन्ट सस्पेन्स दिइएको छ । यसमा १८३ एमएमको ग्राउन्ड क्लियरेन्स छ । ग्राहकले विभिन्न ५ कलर अप्सनमा यो कार पाउनेछन् ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

 वातावरणमैत्री इलेक्ट्रीक एसयूभीको पर्फमेन्ससँगै स्लीक डिजाइन र मोर्डन फिचरहरु रहेका छन् । केई एक्स–३ प्रोमा प्रयोग भएका सम्पूर्ण लाइटहरु एलइडी छन् । १०.२५ इन्चको आधुनिक इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको एलसीडी इन्फर्मेशन क्लष्टर, इन्टेलिजेन्ट स्काईरुफ, ड्यूल जोन एसी, वायरलेस चार्जर, पावर एड्जस्टेवल ड्राइभर सिट रहेको छ ।

 चालकलाई पृथक ड्राइभिङ अनुभवप्रदान गर्न सक्ने किसिमले डिजाइन गरिएको एक्स–३ प्रो सुरक्षाको हिसावले पनि उत्कृष्ट रहेको कम्पनीको दाबी छ । एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसरमोनिटरिङ सिस्टमसँगै एडास फिचर यसमा छन् । एडास भित्र विशेषगरी हिलहोल्ड एसिस्ट, हिल डिसेन्ट कन्ट्रोल, क्रुज कन्ट्रोल, इबीडी सहितको एबीएस ट्रयाक्सन कन्ट्रोल सिस्टम छन् । यसको ब्याट्रीमा पनि कटिङ एज टेक्नोलोजीको प्रयोग गरिएको छ । सुरक्षाको हिसावले राम्रो रहेको ब्याट्रीसहित सबै किसिमकामोटर लगायत इलेक्ट्रीकल कम्पोनेन्टमा ८ वर्षको वारेन्टी रहेको छ ।

केई अटोका बारेमा

यीवीनकेई अटोमोवाइल कम्पनी लिमिटेड (केई अटो) चेरी अटोमोवाइल कम्पनीको लगानीमा स्थापना भएको हो । सन् २०१४ मा स्थापना भएको केई अटोमोवाइलसँग आफ्नै आरएण्डडी र मुख्य टेक्नोलोजी रहेको छ । कम्पनीले प्रयोग गर्ने हाई पर्फमेन्स, मल्टीसेन्स, एक्पान्डेवल एण्ड मोडूलर प्लेटफर्म रहेको छ । पेट्रोलियम इन्जिन र ईभी दुबैमा काम गर्दै आएको कम्पनीसँग सेडान, एसयूभी र एमपीभी छन् । यसको मुख्यालय चीनको सिचुवान प्रान्तमा रहेको यीवीन सिटीमा रहेको छ । ४.७ बिलियन युआन लगानी रहेको कम्पनीमा २ हजार ८०० जना कामदार रहेका छन् ।  

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X