आईतवार, भाद्र २३,२०८१ 07:32:55
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:32:55
IME remit
Global IME Bank Limited

चुक्तापूँजी वृद्धि नहुँदा एलआइसी नेपालको सेयर बजारमा लगानी बढ्न सकेन, प्राथमिकतामा वाणिज्य बैंक

Hyundai Nepal
चुक्तापूँजी वृद्धि नहुँदा एलआइसी नेपालको सेयर बजारमा लगानी बढ्न सकेन, प्राथमिकतामा वाणिज्य बैंक
Nabil Bank Limited

काठमाण्डौ । हकप्रद निष्कासनको तयारीमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले सेयरबजारमा साढे एक अर्ब लगानी गरेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा १ अर्ब ४६ करोड ८५ लाख रुपैयाँ लगानी गरेको हो ।  

यो लगानी गत आवको सोही अवधिसम्मको तुलनामा ४.०२ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले विभिन्न कम्पनीको साधारण सेयरमा १ अर्ब ४१ करोड ११ लाख रुपैयाँ लगानी गरेको थियो ।  

नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले कायम चुक्तापुँजीको १५ प्रतिशतसम्म रकम सेयरबजारमा लगानी गर्न पाउने व्यवस्था छ । यसअघि बीमा कम्पनीले चुक्तापुँजीको ५ प्रतिशत रकम मात्रै सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा लगानी गर्न पाउँथे ।  

चुक्तापुँजीको १५ प्रतिशत रकम लगानी गर्न पाउने व्यवस्था भएपनि प्राधिकरणको लगानी निर्देशिका बमोजिम भने कुल लगानीको १० प्रतिशत रकम मात्रै यो क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था छ ।  

बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लगानीमा सहजता प्रदान गर्दै गत पुष ५ गते लगानी निर्देशिका संशोधन गर्दै सूचीकृत पब्लिक कम्पनीको सेयरमा चुक्तापुँजीको ५ प्रतिशत रकम लगानी गर्न पाउने व्यवस्थाबाट १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था कायम गरेको थियो ।  

प्राधिकरणको लगानी निर्देशिका संशोधनपश्चात् अधिकांश बीमा कम्पनीले यो क्षेत्रमा लगानीको दायरा बढाएको छ । तर एलआइसी नेपालको भने यो क्षेत्रमा लगानी सामान्य मात्रै बृद्धि भएको देखिएको छ । लगानी गर्न पाउने सिमा बढेपनि कम्पनीको चुक्तापुँजी बृद्धि हुन नसक्दा कम्पनीले सेयरबजारमा लगानी थप्न सकेको छैन ।  

बीमा प्राधिकरणले जीवन बीमकलाई ५ अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिएपश्चात् एलआइसी नेपाल हकप्रद निष्कासनको दौडधुपमा लागिपरेको छ । तर विगत ९ महिनादेखि कम्पनीको हकप्रद प्रक्रिया रोकिएको छ । नेपाल धितोपत्र बोर्ड ९सेबोन० अध्यक्षबिहिन हुँदा कम्पनीको हकप्रद निष्कासनको प्रक्रिया गत असोज महिनादेखि रोकिएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसर्थ कम्पनीले करिब एक वर्षको दौडधुपमा अझैपनि हकप्रद जारी गर्न पाएको छैन । कम्पनीले चुक्तापुँजी बढाउन नसक्दा सेयरबजारमा लगानी पनि पर्याप्त थप्न सकेको छैन ।  

कस्तो कम्पनी पर्छ प्राथमिकतामा ?

गत वर्षमा कम्पनीले अधिकांश वाणिज्य बैंकको सेयरमा लगानी गरेको देखिन्छ । कम्पनीले धेरैजसो तथा ठूलो–ठूलो लगानी बैंकको सेयरमा गरेको वार्षिक प्रतिवेदनमा देखिएको छ ।  

तर कम्पनीले गत वर्षमा सर्वाधिक भने नागरिक लगानी कोषको सेयरमा लगानी गरेको देखिन्छ । गत वर्ष सो कम्पनीको सेयरमा मात्रै कम्पनीले २१ करोड ४८ लाख रुपैयाँ लगानी गरेको थियो ।  

त्यस्तै, कम्पनीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयरमा पनि १८ करोड ७७ लाख रुपैयाँ लगानी गरेको देखिन्छ । यता सिटिजन बैंकको सेयरमा पनि १० करोड १९ लाख रुपैयाँ भन्दा बढी लगानी गरेको देखिन्छ ।  

यसका साथै प्रभु बैंकमा ८ करोड ९ लाख, प्राइम कमर्सियल बैंकमा ७ करोड २ लाख, सिद्धार्थ बैंकमा ८ करोड ३३ लाख, एनएमबी बैंकमा ७ करोड २३ लाख, नेपाल एसबिआई बैंकमा १ करोड १३ लाख, नेपाल बैंकमा ३ करोड ८८ लाख, नबिल बैंकमा ३ करोड ७६ लाख, कुमारी बैंकमा २ करोड ६८ लाख, ग्लोबल आइएमई बैंकमा ६ करोड ४० लाख, हिमालयब बैंकमा २ करोड ७० लाख रुपैयाँ लगानी गरेको थियो ।  

समग्रमा हेर्दा कम्पनीले धेरै वाणिज्य बैंकहरुको सेयरमा लगानी गरेको देखिन्छ । यदि कम्पनीले चुक्तापुँजी बढाएर यो क्षेत्रमा लगानी थप्ने हो भने कम्पनीको प्राथमिकतामा कमर्सियल बैंक नै बढी पर्ने देखिन्छ ।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X