Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

इचिमोकूमा इदि मर्दी जलविद्युत कम्पनीको सेयर भाउ बुलिस, कस्तो रहला आगामी यात्रा ?

Global IME Bank Limited
इचिमोकूमा इदि मर्दी जलविद्युत कम्पनीको सेयर भाउ बुलिस, कस्तो रहला आगामी यात्रा ?
Nabil Bank Limited

काठमाण्डौ । युनाइटेड इदि मर्दी अर्थात (युएमआरएच) जलविद्युत कम्पनी नेप्सेमा सूचीकृत ९१ वटा जलविद्युत कम्पनीहरु मध्य एक हो । यो कम्पनी सन् १९७३ साल देखि कास्की जिल्लामा सञ्चालनमा रहेको छ । जसको उप्तादन क्षमता ७ मेगावट रहेको छ ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिबेदनअनुसार कम्पनीको चुक्तापूँजी जम्मा ४२ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडाकोषको आकार ४ करोड ७७ लाख रुपैयाँ रहेको छ भने कुल पूँजी ४६ करोड ७७ लाख रुपैयाँबराबर रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको खुद मुनाफा २ करोड २५ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७.१५ रुपैयाँ रहेको छ भने बुक भ्यालु ११३ रुपैयाँ रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी ६.४२ प्रतिशत रहेको छ ।  

प्राविधिक पक्षः  

Shivam Cement
Sagarmatha Cement

फिएर  एण्ड ग्रिड मिटर  

फिएर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनीको सेयर भाउ हाल ७५ को तहमा बुलिस सेन्टिमेन्टमा चलेको छ । यो भनेको यस कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य ४६३ रुपैयाँ रहेको छ भने न्यून मूल्य २६३ रुपैयाँ रहेको छ । कम्पनीको हाल ४४८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कम्पनीको शतप्रतिशत सेयर सर्वसाधारणमा परिणत भएको छ ।  

इचिमोकू क्लाउड

इचिमोकु क्लाउड इन्डकिेटर सन् १९६८ मा एक जापानजि नागरकिले प्रतपिादन गरेका थिए । प्रतपिादनसँगै यो इन्डकिेटर त्यहाँस्थित एउटा टोकियो न्युज पेपरमा प्रकाशति भएको थियो । यससँगै यो इन्डिकेटर संसारभर प्रयोगमा आएको हो ।  

अन्य इन्डिकेटरजस्तै यसमा पनि वभिन्नि रेखाहरु र क्यान्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ ।  

यसअन्तर्गत कम्पनीको सेयर भाउ करिब २ महिना अघिदेखि नै बुलिस रहेको छ । मूल्य रेखाहरु क्लाउडको पोजिसन भन्दा माथि–माथि चलेका छन् । क्लाउडको पोजिसन पनि रातोबाट हरियो बनेको छ । बेस लाईनलाई कन्भर्जन लाइनले तलबाट काटेको छ । यी सबै कारणले यो कम्पनीको सेयर भाउ बुलिस देखिन्छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीको सेयर भाउ लामो समयदेखि अपर ब्याण्डमा चलेको छ । आज अपर ब्याण्डमा वियरिस डोजी प्रकृतिको क्याण्डल बनेको छ । यसले आगामी दिनमा यो कम्पनीको सेयर भाउमा करेक्नस आउन सक्ने सम्भावना रहेको छ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम सकारात्मक र लामा–लामा नै रहेका छन् । आरएसआई ओभरबट जोन ८० बाट खसेर हाल ७४ को तहमा वियरिस डाइभर्जेन्स बन्दै गरेको देखिन्छ ।  

पिभट् प्वइन्ट  

पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधारमानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –४९०

प्रतिरोध २ –४६५

प्रतिरोध १– ४५०

पिभट प्वइन्टः ४२५

घटेमा सपोर्ट  

सपोर्ट १– ४१०

सपोर्ट २– ३८५

सपोर्ट  ३ –३७०

निष्कर्षः आधारभूत रुपमा यो कम्पनीलाई नियाल्दा पछिल्लो वर्षमा रिर्टन अन इक्विटी र प्रतिसेयर आम्दानी घटेको देखिन्छ । बुक भ्यालुमा सामान्य प्रगति देखिन्छ भने खुद मूनाफामा गिरावट आएको छ । प्राविधिक रुपमा भने केही अल्पकालिन करेक्सन आउन सक्ने देखिन्छ । बोलिङ्गरको अपर ब्याण्डमा वियरिस डोजी प्रकृतिको क्याण्डल बनेको छ । त्यसै गरि आरएसआईमा वियरिस डाइभर्जेन्स बनेको छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.