काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।
बैंकले एक सूचना जारी गर्दै २०७६ असार १४ गते सम्पन्न बैंकको १२ औं साधारण सभाबाट पारित भएको आव २०७४÷७५ को नगद लाभांस बुझिलिन आग्रह गरेको हो । उक्त लाभांश कतिपय सेयरधनीहरुले बुझिलिन बाँकी रहेकाले त्यस्ता सेयरधनीहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र बैंकको सेयर रजिष्ट्रार प्रभु क्यापिटलमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्नेछ ।
तोकिएको मितिभित्र पनि नगद लाभांश लिन नआउने सयरधनीहरुको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।