शनिबार, जेष्ठ २,२०८३ 07:28:45
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 07:28:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

स्काईवेलले नक्सालमा शोरुम खोल्ने, ‘सबैभन्दा बढी रेञ्ज दिने इभी’

Laxmi Sunrise Bank Limited
स्काईवेलले नक्सालमा शोरुम खोल्ने, ‘सबैभन्दा बढी रेञ्ज दिने इभी’
Shivam Cement

काठमाण्डौ । नेपाली बजारमा उपलब्धमध्ये ‘इभी एसयूभी’मध्ये सबैभन्दा बढी रेञ्ज दिने प्रिमियम सेगमेन्टको इभी स्काइवेलको शोरुम नक्सालमा पनि खुल्ने भएको छ ।  

स्काइवेलको नेपालका लागि आधिकारिक बितरक जी मोटर्सका एक अधिकारीकाअनुसार नक्सालको नारायणचौरमा कम्पनीले शोरुम सञ्चालनको तयारी गरेको हो । 

Bizshala
New Office
CG Motors

ढिलोमा २ साताभित्र नक्सालमा स्काईवेलको शोरुम सञ्चालनमा ल्याउने गरी काम भइरहेको स्रोतको भनाई छ ।  

यसअघि कम्पनीको भक्तपुरस्थित राधे राधेमा शोरुम सञ्चालनमा आइसकेको छ । काठमाण्डौबाहिर समेत केही मुख्य स्थानमा कम्पनीको शोरुम छन् ।  

हाल नेपाली बजारमा उपलब्ध इभीमध्ये सिंगल चार्जमा ६२० किलोमिटर रेन्ज दिने स्काईवेलको इटी फाइभ मोडल मात्र हो । रेञ्ज र अत्याधुनिक तथा आकर्षक फिचर्सका कारण नेपाल आएको छोटो समयमै यो इभीले प्रिमियम सेगमेन्टका ग्राहकको ध्यान तान्ने सफलता पाइसकेको छ ।  

स्काइवेल ईटी फाइभमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ भने १५० किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ ।  

कम्पनीले यसको नेपाली मूल्य १ करोड ९ लाख रुपैयाँ राखेर बिक्री गरिरहेको छ ।  

कम्पनीका अनुसार सो एसयूभी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेका कारण अरुभन्दा विशेष छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.