४९.९९ लाखदेखि स्काईवेलको डेलिभरी सुरु
काठमाण्डौ । एलआरआर मोटर्सले चिनियाँ लक्जरी विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’को नेपालमा डेलिभरी सुरु गरेको छ ।कम्पनीले ‘नाडा अटो शो २०२६’मा प्राप्त बुकिङका आधारमा स्काईवेल ईभी ग्राहकलाई हस्तान्तरण गर्न थालेको जनाएको छ ।एलआरआर मोटर्सले नाडा अटो शोमा स्काईवेलको बीई११ मोडल सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार अटो शो अवधिमा मात्रै करिब ४ सय युनिट गाडी बुकिङ भएका थिए ।

