मंगलवार, आश्विन २७,२०८३ 08:06:33
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 08:06:33
Bizshala
Global IME Bank Limited

एलआरआर समूहले स्काईवेलको डिलरसीप हत्याउन ‘फ्रड’ गरेको पुष्टि, अर्काको विजिनेश खोस्ने यो हदसम्मको खेल !

गाडी उत्पादकको चेतावनी-'हाम्रो बितरक जी. मोटर्स हो, अरुले स्काईवेलसम्बन्धी गतिविधि तत्काल बन्द गर्नू'

Bizshala
एलआरआर समूहले स्काईवेलको डिलरसीप हत्याउन ‘फ्रड’ गरेको पुष्टि, अर्काको विजिनेश खोस्ने यो हदसम्मको खेल !
New Office

काठमाण्डौ । नेपालको कर्पोरेट सेक्टरमा अर्काको राम्रो विजिनेशलाई खोस्ने हर्कत कुन हदसम्म हुन्छ भन्ने पछिल्लो उदाहरण बनेको छ स्काईवेलका प्यासेञ्जर तथा एसयूभी सेग्मेन्टका ईभी आयात तथा बिक्रीमा एउटा कम्पनीले आधिकारिक बिक्रेताप्रति गरेको फ्रडको प्रयास।

अरुले भित्र्याएका विभिन्न ब्राण्डका गाडी बिक्रीवितरण गर्ने र समस्या आउँदा ग्राहकको असन्तुष्टिलाई सम्बोधन गर्न नसक्ने कम्पनीको रुपमा परिचय बनाएको एलआरआर समूहले स्काईवेलका गाडीहरुका लागि नेपालको आधिकारिक बिक्रेताको रुपमा आफूलाई देखाउन गरेको प्रयास अन्ततः फ्रड प्रमाणित भएको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

नेपालका लागि चिनियाँ लोकप्रिय ब्राण्ड स्काइवेलले एक विज्ञप्ति जारी गर्दै नेपालमा आफ्नो आधिकारिक बिक्रेता जी. मोटर्स नै भएको बताएपछि एलआरआर समूहको अरुको उक्लिँदो विजिनेशमा गर्न खोजेको सुनियोजित फ्रड प्रष्टिएको हो ।  

"हामीले हेर्दा त्यो कम्पनीले स्काईवेलको आधिकारिकता हङकङको सिनआई हङकङ कम्पनी लिमीटेडबाट लिएको देखिन्छ । सबैलाई जानकारी होस् कि स्काईवेलको आधिकारिक उत्पादक हामी मात्र हौं र हामीसँग मात्र स्काईवेलको डिलरको आधिकारिता दिने अधिकार छ । अर्थात, अन्य कुनै कम्पनी वा स्काईवेलको कुनै डिलरसँग उसले पाएको डिलरसीप अरु(थर्ड पार्टी)लाई दिने कुनै अधिकार नै छैन ।"

एलआरआर समूहले स्काईवेल ब्राण्डको हङकङस्थित एजेन्टमार्फत डिलर लिएर नेपालमा गाडी बिक्रीको असफल प्रयास गरेको थियो । आफूलाई आधिकारिक बितरक देखाउन गरेको सो समूहको प्रयासविरुद्ध आधिकारिक बिक्रेता जी. मोटर्स अदालत गइसकेको छ । यहीबीचमा गाडी उत्पादक कम्पनीले नेपालमा आफ्नो आधिकारिक बिक्रेताको विषयमा विज्ञप्ति नै जारी गरी प्रष्ट पारेको हो । 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

स्काइवेल उत्पादन गर्ने चिनियाँ कम्पनी नान्जिङ गोल्डेन ड्रागन बस कम्पनी लिमिटेडले नेपालमा स्काइवेलको एउटा मात्रै आधिकारिक बिक्रेता जी. मोटर्स भएको प्रष्ट पारेको हो । नान्जिङ गोल्डेन ड्रागन बस कम्पनीले नेपालमा जी.मोटर्स प्रालि, भक्तपुर मात्रै आफ्नो आधिकारिक बिक्रेता भएको बताएको हो । कम्पनीले सोबारे भन्सार विभाग र वाणिज्य विभागलाई पत्र पठाउँदै स्पष्ट पारिएको समेत बताएको छ ।  

'हामीले हाम्रो एकमात्र आधिकारिक बिक्रेताको अधिकार नेपालका लागि जी. मोटर्स प्रालि, राधेराधे, भक्तपुरलाई दिएका हौं । नेपालमा हाम्रो जी. मोटर्स मात्र एक आधिकारिक बिक्रेता हो । त्यसबाहेक अन्य कुनै पनि कम्पनी वा व्यक्तिलाई हामीले उत्पादन गरेका गाडीहरुको ब्राण्ड प्रमोसन गर्ने र बिक्री गर्ने अधिकार छैन ।' नान्जिङ गोल्डेन ड्रागन बस कम्पनीले विज्ञप्तिमा भनेको छ-'हालै हाम्रो आधिकारिक डिस्टीब्यूटर्स जी. मोटर्सबाट हामीलाई एउटा कुनै कम्पनीले हाम्रा उत्पादनहरुको मूल्यसूची स्थानीय मिडियामा प्रकाशन गरेको जानकारीमा आएको छ । स्काईवेलको बीई ११ को एमआरपी सो कम्पनीले प्रकाशित गरेको विषय स्काईवेलको ब्राण्ड इमेज र जी. मोटर्सको नर्मल कमर्सियल अपरेशनमा निकै ठूलो समस्या बनेको छ । हामीले हेर्दा त्यो कम्पनीले स्काईवेलको आधिकारिकता हङकङको सिनआई हङकङ कम्पनी लिमीटेडबाट लिएको देखिन्छ । सबैलाई जानकारी होस् कि स्काईवेलको आधिकारिक उत्पादक हामी मात्र हौं र हामीसँग मात्र स्काईवेलको डिलरको आधिकारिता दिने अधिकार छ । अर्थात, अन्य कुनै कम्पनी वा स्काईवेलको कुनै डिलरसँग उसले पाएको डिलरसीप अरु(थर्ड पार्टी)लाई दिने कुनै अधिकार नै छैन ।'  

कम्पनीले एलआरआर समूहले पाएको भनिएको डिलरसीप गैरकानूनी र अनधिकृत रहेको उल्लेख गर्दै एलआरआरलाई स्काईवेलका प्यासेञ्जर भेइकल्ससम्बन्धी सबै खालका गतिविधि(आयात, मार्केटिङ, प्राइसिङ आदि) तत्काल रोक्न समेत चेतावनी दिएको छ ।  

यता, नेपालमा लोकप्रिय बन्दै गएको र हालै सम्पन्न नाडा अटो शो २०२४ मा पनि प्रिमियम लग्जरी इभी कारको रुपमा ग्राहकले मन पराई १२६ वटा युनिट बुकिङको रेकर्ड बनाएको स्काईवेलको डिलरसीप हत्याउने असफल प्रयास गरेको एलआरआर समूहले भन्सारदेखि वाणिज्य विभाग हुँदै अन्य सरकारी निकायमा समेत चलखेल गरेको देखिएको छ । एलआरआर समूहको प्रभावमा परेकै कारण सम्बद्ध निकायले आवश्यक जाँचबुझ नै नगरी आधिकारिक बिक्रेताको व्यापारमा अवरोध सिर्जना गर्ने गरी गाडी आयात तथा मूल्यसूची सार्वजनिक गर्नेसम्मको अधिकार दिइएको भेटिएको छ ।  

यसैबीच, गाडी उत्पादकले नै विज्ञप्तिमार्फत नेपालको डिलरसीपको आधिकारिकताको विषयमा प्रष्ट्याएलगत्तै जी. मोटर्सले पनि एउटा विज्ञप्ति जारी गर्दै स्काइवेलको आधिकारिक बिक्रेता भएको बताउँदै ग्राहकहरुमा अन्योलता सिर्जना गर्नेगरी स्काइवेलको समेत मूल्यसूची सार्वजनिक गरेकोमा आपत्ति जनाएको छ ।  

प्यासेन्जर तथा एसयूभी सेग्मेन्टका ईभी आयात तथा बिक्री गर्दै आएको जी. मोटर्सले २०८१ वैशाखदेखि ६२० किमी रेञ्ज प्रदान गर्ने प्रिमियम एसयूभीको बिक्री थालनी गरेको हो । नेपालमा भित्रिएका इभीमध्ये सबैभन्दा बढी रेञ्ज दिने गाडी नै स्काईवेलको रहेको छ । आधुनिक र पृथक फिचर्सले सुसज्जित स्काईवेलका भेइकलको व्यापार चम्किएको देखेर एलआरआर समूहले भाँजो हाल्न खोजेको देखिन्छ ।  

जी. मोटर्सले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘२०८१–४–३१ गतेको राजधानी दैनिकमा एलआरआर ग्रुपले भन्सार प्रायोजनका लागि भनी प्रकाशित मूल्यसूचीको बारेमा एवम् आधिकारिक इम्पोर्टर लेखी निकालिएको मूल्य सन्दर्भसूचीप्रति हाम्रो यस कम्पनीको ध्यानकर्षण भएको छ ।  हालसम्म आधिकारिक स्काइवेल उत्पादक कम्पनी एवम् एक्सपोर्ट डिभिजन हेर्ने प्रतिनिधिले नेपालमा जी. मोटर्सबाहेक अरु कोही पनि आधिकारिक बिक्रेता छैन भनेर लिखित जानकारी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र भन्सार विभागमा समेत गराइसकेको अवस्थामा बजारमा आम ग्राहकलाई भ्रम फैलाउने, हाम्रो यस कम्पनीको ख्यातीलाई असर पुर्याउने, अर्बौंको लगानी डुबाउने प्रपञ्च गर्ने कार्य नगर्न हुन उक्त ग्रुप एवम् कम्पनीलाई यसै विज्ञप्तिमार्फत अनुरोध छ । यस्तो गैरकानूनी कार्य गर्ने हङकङस्थित एजेन्ट कम्पनीसँग गरिएको झूठो सम्झौतालाई आधार बनाई  वाणिज्य विभागको मिलेमतोमा स्काईवेलका प्यासेञ्जर कार तथा एसयूभी आयात गर्ने प्रयास गरिनु आफैंमा गैरकानूनी त छ नै, साथै हामीले बिक्री वितरण गरिरहेका वस्तुको मूल्यसूचीको बारेमा भ्रम सिर्जना गरेकोले आवश्यक कानूनी उपचारमा प्रा.लि. जानेछ ।'  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X