मंगलवार, आश्विन २७,२०८३ 08:06:36
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 08:06:36
Bizshala
Global IME Bank Limited

धनगढीका मेयरले रोजे स्काईवेलको इभी एसयूभी, ‘सर्वाधिक रेञ्ज र लक्जरियस फिचर्सले लोभिएँ’

Bizshala
धनगढीका मेयरले रोजे स्काईवेलको इभी एसयूभी, ‘सर्वाधिक रेञ्ज र लक्जरियस फिचर्सले लोभिएँ’
New Office

काठमाण्डौ । स्वतन्त्र रुपमा उठेर चुनाव जिती धनगढी उपमहानगरपालिका हाँकिरहेका चर्चित मेयर गोपाल हमालले नेपालमा उपलब्ध इभी एसयूभीमध्ये सबैभन्दा बढी रेञ्ज दिने र आकर्षक फिचर्सहरुले भरिएको स्काईवेल गाडी खरीद गरेका छन् ।  

उनले स्काईवेलको ‘इटी फाइभ’ मोडलको इभी एसयूभी रोजेका हुन् । 

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

भदौ दोश्रो साता काठमाण्डौमा भएको ‘नाडा अटो शो २०२४’ मा सहभागी भएका मेयर हमालले इभीहरुको भीडमा स्काईवेल ब्राण्ड रोजेका थिए । सर्वाधिक रेञ्ज र आधुनिक तथा पृथक फिचर्सहरुका कारण लोभिएका उनले अरु ब्राण्डलाई छाडेर स्काईवेललाई रोज्दै सोहीबेला ‘इटी फाइभ’ बुक गरेका थिए ।  

दुई दिनअघि स्काईवेलको नेपालका लागि आधिकारिक बिक्रेता जी. मोटर्सका प्रतिनिधिले मेयर हमाललाई धनगढीमै पुगेर गाडी डेलिभरी गरेका छन् ।  

प्रसन्न मुद्रामा गाडीको चाबी तथा कागजात बुझ्दै मेयर हमालले अमेरिकामा रहेको आफ्नो छोरोको समेत सिफारिसमा आफूले स्काईवेलको ‘इटी फाइभ’ रोजेको बताएका थिए ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

सर्वाधिक ६२० किलोमिटरको रेञ्ज दिने प्रिमियम क्वालिटीको स्काईवेलको इटी ५ इभी एसयूभी लक्जरियस समेत रहेकोले आफूले इभीहरुको भीडमा यही ब्राण्ड रोजेको हमालले प्रष्ट्याएका थिए । उनले स्काईवेलको गाडीमा उपलब्ध हाई ग्राउण्ड क्लियरेन्सले समेत आफूलाई आकर्षित गरेको सो क्रममा बताए । यो गाडीको ग्राउण्ड क्लियरेन्स १९७ एमएम हो ।  १ करोड १५ लाख मूल्य पर्ने ‘इटी फाइभ’ नेपालमा यो सेगमेन्टमा उपलब्ध इभी एसयूभीमध्येकै धेरै ग्राउण्ड क्लियरेन्स भएको गाडी पनि हो ।  

जी. मोटर्सले नाडा अटो शोमा स्काईवेलका तीनवटा मोडलका गाडी प्रदर्शनमा राखेको थियो । बीई११ का दुई भेरियन्ट र ‘इटी फाइभ’ ।  

स्काइवेल इभी एसयुभी ‘इटी फाइभ’को रेञ्ज ६२० कि.मि. रहेको छ, जुन यो इभी सेक्टरमै सर्वाधिक हो । त्यस्तै, बीई ११ का दुईवटा भेरियन्टमा ५२० कि.मि. रेञ्ज र ४१० कि.मि. रेञ्जका गाडी छन् ।  

स्काइवेलका विद्युतीय सवारी जर्मनी, पोल्याण्ड, इजरायल, टर्की र रसियालगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ ।

मेयर हमालले रोजेको स्काइवेल ‘इटी फाइभ’मा ८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी), १५० किलोवाट मोटर क्यापासिटी, अटो पार्किङ, मेट्रीक्स लेजर हेडलाईट, मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर, फुल साइजप्यानारोमिक सनरुफ र मुनरुफ, लक्जरी २ लेभल फोल्डेबल रियर सिट जस्ता अद्भूत विशेषताहरु छन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X