शनिबार, जेष्ठ २,२०८३ 07:26:54
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 07:26:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नाडा अवधिभर स्काईवेलका इभी एसयूभीप्रति ग्राहकको क्रेज, अन्तिम दिन थप २७ युनिटको बुकिङ

Laxmi Sunrise Bank Limited
नाडा अवधिभर स्काईवेलका इभी एसयूभीप्रति ग्राहकको क्रेज, अन्तिम दिन थप २७ युनिटको बुकिङ
Shivam Cement

काठमाण्डौ । प्रिमियम इभी एसयुभीको रुपमा नाडा अटो शो २०२४ मा सर्वाधिक चर्चा पाएको स्काईवेलले १२६ वटा गाडीको बुकिङ लिन सफल भएको छ ।  

प्रिमियम सेग्मेन्टको इभी एसयूभीको रुपमा शो अवधिभर नै स्काईवेलको विशेष चर्चा रह्यो । आज(आइतबार) सकिएको नाडा अटो शोमा स्काईवेलका १२६ युनिट इभी बुकिङ भएको हो । 

Bizshala
New Office
CG Motors

स्काईवेलको नेपालस्थित एकमात्र आधिकारिक बितरण जी. मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले शो सकिन एकदिनअघिसम्म ९९ युनिट बुक भएकोमा अन्तिम दिन थप २७ वटा बुक भई कुल १२६ वटा गाडीको बुकिङ आएको जानकारी दिए ।  

इभीमय बनेको नेपाली बजारमा अटोप्रेमीहरुले प्रिमियम एसयूभीको रुपमा हामीप्रति दर्शाउनुभएको माया र विश्वासका कारण उत्साहित छौं । गेलालले बिजशालासँग भने ः हाई फिचर्सले भरिपूर्ण स्काईवेलका इभी एसयूभी नेपालमा सबैभन्दा धेरै रेञ्ज दिने गाडी पनि हो । यस्ता विशेष आकर्षण तथा फिचर्सले समेत ग्राहकले स्काईवेललाई निर्विकल्प प्रिमियम एसयूभीको रुपमा रोज्नुभएको हामीलाई लागेको छ ।  

शोमा विभिन्न ब्राण्डका गाडीहरु देखिए पनि जी. मोटर्स प्रालिले भित्र्याएको स्काइवेलका गाडीहरुमा अवलोकनकर्ताको विशेष क्रेज देखिएको थियो ।  

नाडा अटो शोमा सहभागी अधिकांश उपभोक्ताहरुले लक्जरी इभी खोजेको र त्यसको लागि स्काइवेलका गाडीहरु नै उत्तम विकल्पको रुपमा अगाडि देखिएको गेलाले प्रष्ट पारे ।  

‘नाडामा आउनुहुने अधिकांशले लक्जरी तथा कम्फर्टेबल इभी गाडी नै खोज्नुहुन्छ, त्यस्ता सबै विशेषता भएको गाडी स्काइवेल नै हुनसक्छ’ उनले भने, ‘लक्जरी इभी खोज्नुहुने र कम्फरटेबल भएका महँगा गाडी चढ्नु हुनेले स्काइवेलका गाडी रुचाउनुभएको छ ।’

‘स्काइवेल आफैंमा विश्वस्तरीय ब्राण्ड हो । नेपालको रोडको अवस्था हेरेर स्काइवेल हाई सेफ्टी रेटिङ स्केल भएको ब्राण्ड पनि हो, यसकारण सेफ्टीको हिसाबले पनि यो ब्राण्डमा आकर्षण बढेको देखिएको छ।

स्काइवेल इभी एसयुभी इटी ५ को रेञ्ज ६२० किमी रहेको छ, जुन यो इभी सेक्टरमै सर्वाधिक हो । त्यस्तै, बीई ११ का दुईवटा भेरियन्टमा ५२० किमी रेञ्ज र ४१० किमी रेञ्जका गाडी छन् ।  

स्काइवेलका विद्युतीय सवारी जर्मनी, पोल्याण्ड, इजरायल, टर्की र रसियालगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.